रुकुमका अस्पतालमा सिटामोल पाउन पनि कठिन



धनवीर दाहाल, रुकुम ।
मुसिकोट नगरपालिका वडा नं ४ का चंन्द्रबहादुर बोहरा आफ्नी श्रीमतीलाई नियमित गर्भ जाँच गराउनका लागी जिल्ला अस्पताल सल्ले श्रीमति लिएर गए ।

सामान्य गर्भ जाँच गर्नका लागी आवश्यक पर्ने सामाग्री पनि अस्पतालमा नभएपछि स्वास्थ्यकर्मीले मेडिकलबाट किनेर ल्याउन आग्रह गरे । जिल्ला अस्पताल नजिकै रहेका निजि मेडीकलबाट उनले आबश्यक सामाग्री किनेर ल्याउन बाध्य भए ।

यति मात्र होइन त्रिबेणी गाँउपालिका ८ का नवराज खड्का ज्वरो आएपछि नजिकैको पेउघा उपस्वास्थ्य चौकीमा जाँच गराउन गए । सामान्य जाँच गरेपछि उनलाई औषधी स्वास्थ्य चौकीमा नभएकोले मेकिडलमा किनेर लिन भनियो ।

उनले किन्नु पर्ने औषधी भनेको सिटामोल रहेछ । उनले भने “सिटामोल सम्म पनि निजि मेडिकलबाट किन्नुपर्ने बाध्यता छ । सामान्य सिटामोल पनि आफुले मेडीकलबाट किन्नु परेको उनले दुखेसो गरे । स्थानीय तहले वास्था नगर्दा यतिबेला रुकुम पश्चिमका सबै स्वास्थ्य चौकीहरुमा औषधीको अभाव भएको छ । क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन । अस्पतालमा औषधि सकिएपछि बिरामी निजी स्वास्थ्य संस्थाबाट चर्काै मुल्यमा औषधि किन्न बाध्य भएका हुन् ।

जिल्लामा औषधी थोरै मात्रामा भएकोले निकट भबिश्यमा जिल्लाभर औषधीको अभाव हुने संकेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सुशील पोखरेलले बताउनुभयो । जिल्ला अस्पतालमै औषधि अभाव हुँदा यहाँका स्वास्थ्य चौकीमा झन के हालत होला त्यो सहजै अनुमान गर्न सकिन्छ ।

स्टक औषधि करिब एक महिनाअघि सकिए पनि स्वास्थ्य संस्थामा औषधि पुग्न नसकेको स्वास्थ्य चौकीहरूको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष शिवकुमार आचार्यले स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा औषधि खरिदमा समस्या भएको बताउनुभयो ।

जिल्लामा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् । उनीहरूले सामान्य परामर्श र जाँच गरेर निजी स्वास्थ्य संस्थामा पठाउने गरेका छन् । बेलाबेलामा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधिको आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्