के तपाई आफ्नो जीवनलाई व्यर्थ ठान्नुहुन्छ ?



काठमाडौं । समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् ।

हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

सुधा चन्द्रन

तीन वर्षको कलिलो उमेरदेखि भारतनाट्यम सिकेकी बलिउड एक्टर तथा डान्सरको जीवनमा ठुलो संकट तब आयो जब उनी बस दुर्घटनामा परिन् । उनलाई सामान्य चोट लागेको थियो तर समयमा चेकअप नगराउँदा उनको दाहिने खुट्टा काट्नु परेको थियो । उनको करिअरमा ठुलो धक्का लाग्यो । तर उनले हार मानिनन् ।

र्टिफिसियल खुट्टा हालेर उनी एकपटक फेरी आफ्नो करिअर बनाउन लागि परिन् । घाइतेभएपछि उनले जब पहिलो पटक स्टेजमा परफरमेन्स दिइन् तब उनको उत्साहाको चौतर्फी तारिफ गरिएको थियो । उनलाई एक पत्रिकाले कोट गर्दै लेखेको थियो,‘एउटा खुट्टा गुमाइन् तर माइल हिडिन् ’

उनी भारतीय फिल्मीकी चर्चामा रहिरहने अभिनेत्रीमा गनिन्छिन् । उनले धेरै अवार्ड पनि प्राप्त गरेकी छिन् ।

शाम क्याथोर्न

शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर ९उत्प्रेरक वक्ता०, लेखक, लाइफ कोच हुन् ।

उनले सन् २००९ मा ‘योङ अष्ट्रेलियन अफ द इयर’ अवार्ड जितेका थिए । उनको कार दुर्घटनामा भएको थियो । उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको मुटु तीन मिनेट तीस सेकेण्डसम्म रोकिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको दाहिने खुट्टा र दाहिने हातमा पनि धेरै फ्याक्चरहरु भएको थियो । उनलाई डाक्टर अशक्त भएको र बाँकी जीवनमा ह्वीलचियरमा जीवन बिताउनु पर्ने बताएका थिए । उनको आत्मविश्वासका कारण उनी छिटो नै निको भए । त्यो घटनापछि पुर्ण ठिक भएपछि उनले भनेका थिए,‘तपाईले निर्णय लिनुहुन्छ त्यसले तपाई को हो भन्ने बुझाउँछ ।’

उनी विश्वमै त्यस्ता गिटारिष्ट हुन् जो कुहिनोका सहायताले गितार बजाउँछन् । विकसित राष्ट्रहरुमा उनको फाउण्डेसन ‘क्याथोर्न फाउण्डेसन’ विभिन्न कार्यक्रम गर्दै सहयोग गर्दै आइरहेको छ ।

राल्फ ब्राउन

राल्फ अमेरिकामा जन्मिएका हुन् । उनीको ह्वीलचियर बनाउने कम्पनी रहेको छ । विश्वका विभिन्न राष्ट्रहरुमा उनको कम्पनी मार्फत ह्वीलचियर बेच्ने काम गर्छन् ।

६ वर्षको उमेरमा मस्कुर डिसट्रोफी भएपछि उनले २० वर्षको मोटराइज स्कुटर निर्माण गरेका थिए । उनले त्यसपछि ब्राउन कर्पोरेशन फर्म खोलेका थिए । उनले आफ्नो सोचलाई फराकिलो पार्दै गए र सफलता हासिल गर्न सफल भए । सन् २०१२ मा अमेरिकन सरकारले उनलाई ‘च्याम्पियन अफ चेन्ज’ नाम दिइयो ।

अरुनिमा सिंहा

अरुनिमा विश्वकै यस्ती पहिला महिला हुन् जसले आर्टिफिसियल खुट्टाको भरमा सगरमाथा आरोहण गरेकी थिइन् । उनी राष्ट्रिय लेभल की भलिबल खेलाडी हुन् । रेलमा भएको दुर्घटनामा उनले आफ्नो खुट्टा गुमाउनु परेको थियो ।

उनको खुट्टको अप्रेशन गरी घुडामा रड राखिएको थियो । उनको यस घटनापछि मिडियामा ठुलो चर्चा भएको थियो । उनको मजाक तब उडाइयो जब उनले आर्टिफिसियल खुट्टाको भरमा सगरमाथा आरोहण गर्ने निर्णय गरिन् ।

तर उनीले आफ्नो आत्मविश्वास प्रमाणित गरेरै छोडिन् । उनले सगरमाथा चढेर फर्केपछि एकपत्रिकालो उनलाई उदृत गर्दै भनेको थियो,‘असफलता त्यो होइन जब हामी आफुलाई कमजोर सम्झिन्छौ, उदेश्य कस्ता छन् तिनीहरुमा भर पर्ने कुरा हो ।’

क्रिस्टोफर रिभे

क्रिस्टोफर अमेरिकन डाक्टर, निर्देशक, फिल्ममेकर तथा एक्टिभिस्ट पनि हुन् । उनी अशक्त व्यक्तिहरुलाई उत्साह पैदा गर्ने एक उदाहरण पनि हुन् । उनी आफ्नो कमिक बुकका लागि पनि प्रख्यात रहेका छन् ।

उनको किताब ‘सुपर हिरो’, ‘सुपरम्यान’ । घोड सवारी गर्ने क्रममा लडेपछि उनीलाई प्यारालाइसिस भएको थियो । हिडडुल गर्न नसक्ने भएपछि उनी आत्महत्या गर्न समेत लागेका थिए । तर परिवारको सहयोगका कारण उनको नयाँ जीवन सुरु भयो । उनी उपचारका लागि इजरायल गए । त्यहाँ विभिन्न सुविधा लिदै उनको उपचार भयो ।

टाउकोमा गम्भिर चोट लागेका सयौ बिरामीसँग उनले छलफल गरे । अशक्त व्यक्तिहरुलाई उत्साहा प्रदान गर्ने काम गरेका उनलाई अमेरिकन प्यारालाइसिस एसोशियनसनमा अध्यक्षको रुपमा निर्वाचित गरिएको छ ।

स्पाइनल कर्ड घाइतेहरुको अध्ययनका लागि उनले रिभे–इर्भिन रिसर्च सेन्टर समेत स्थापना उनले गरे । यही विषयमा रहेर उनको रिसर्च सेन्टरले अध्ययन गर्दै आइरहेको छ ।

फ्रयाक्लिङ डि.रोसेभेल्ट

रोसेभेल्ट अमेरिकन वकिल तथा राजनीतिज्ञ हुन् । उनी अमेरिकाका ३२ औ राष्ट्रपति हुन् । राष्ट्रपति हुनुभन्दा पहिले उनी पोलियो र प्यारालाइसिससँग जुधेका थिए । उनले धेरै खाले थेरापी लिए । उनको कम्मर मुनिको भाग चल्थेन । पोलियोसँग लड्न उनले हाइड्रो थेरापी समेत लिने गरेका थिए । उनको राष्ट्रपति चुनावी प्रसारमा उनको अशक्ततताबारे बाहिर ल्याइएको थिएन ।

जीवनमा यति धेरै संघर्ष गरेका उनलाई जनताले विश्वास गर्दै जिताएका थिए । उनले त्यसपछि अमेरिकामा आर्थिक विकासमा जोड दिएका थिए । दोस्रो विश्व युद्धबाट अमेरिकालाई जोगाउन हरसम्भव प्रयास गरेका थिए तर अन्तिम समयमा अमेरिकाले विश्वयुद्धमा भाग लिएको थियो ।

प्यारालाइसिस समस्याबाट जुधिरहेका मानिसहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याए । यसले उनीहरुको उपचारका लागि ठुलो सेवा पुगेको थियो ।

स्टेफेन हकिङ

स्टेफेन हकिङ विश्वमै प्रख्यात फिजिसिस्ट र लेखक हुन् । ब्ल्याक होल्सका बारेमा अध्ययन गरेका उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लखेका हुन् । उनले ग्रयाभिटेसनल ओएभ्स, क्वान्टम मेकानिक्स र जनरल रिलेटिभीटिमा अध्ययन समेत गरेका छन् । उनले लेखेको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विश्वमै वेस्ट सेलरमा गनिन्छ ।

उनको शारिरीक अवस्था एकदम कजमोर भएपनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको थियो । उनी राम्रोसँग बोल्न पनि सक्दैनथे । उनको आवाज बुझ्नलाई एउटा डिभाइसको प्रयोग गरिएको थियो ।

उक्त डिभाइसका कारण उनको आवाज बुझ्ने र अध्ययन गर्ने काम गरिएको थियो । उनलाई अल्बर्ट आइनस्टाइन अवार्ड, अल्बर्ट मेडल तथा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम मेडलबाट सम्मान गरिएको छ । अशक्त भएर नी यत्तिको सफलता पाउने व्यक्तिमा उनी पहिलो स्थानमा पर्छन् ।

हेलेन केलर

अमेरिकन लेखक तथा राजनैतिक एक्टिभिष्ट रहेकी हेलेन केलर पनि अशक्त महिला हुन् । उनी जन्मदा ठिकै थिइन् तर एकवर्षपछि उनको शरिरमा एक्युट डिजिजको विकास भएको थियो । उनलाई उक्त रोगले बहिरो र दृष्टिबिहिन बनायो ।

उनको जीवनमा एक शिक्षिकको आगमन भयो । पर्किन्स इन्स्टिुट फर द ब्लाइण्डका एनी सुलिभानले उनलाई पढाउने काम गरेका थिए । हेलेनले कसरी सञ्चार गर्ने भन्ने कुरा उनीबाट सिकेकी थिइन् । आत्मविश्वासकै कारण उनले आफुलाई अशक्त हुदाँ नी परिष्कृत बनाउँदै लगिन् । उनले अशक्त हुदाँ नी पढ्ने क्षमता देखाइन् । उनले व्याचलर अफ आर्टस डिग्री गरेकी थिइन् ।

विभिन्न सांकेतिक भाषा बुझ्न दख्खल भएकी हेलेन उत्प्रेरक लेक्चर समेत दिने गर्थिन् । उनकै नाममा हेलेन केलर इन्टरन्यासनल अर्गनाइजेसन स्थापना गरेकी थिइन् । उनको यस संस्थाले विभिन्न विधामा अनुसन्धान गर्दै आइरहेको छ ।

जोन मिल्टन

अशक्त भएर पनि ठुलो सफलता पाउनेमा जोन मिल्टन पनि पर्छन् । उनको कामबाट पनि थाहा हुन्छ उनले पाएको सफलतामा उनको मेहेनत कति थियो । हालसम्मै इंङलिस साहित्यको उत्कृष्ट सिर्जनामा गनिन्छ ‘प्याराडाइज लस्ट’ । उनको आँखाले कम देख्न थालेको धेरै वर्ष भइसकेको थियो तर सन् १६५४ मा उनी पुरै दृष्टिबिहिन भएका थिए । त्यसपछि बेचैन भएका उनीले आफुलाई सम्हाल्दै लेखनमा झन् जोड दिएका थिए । उनले त्यसपछि लेखे ‘प्याराडाइज लस्ट’ । यो कृति आज पनि उत्तिकै चर्चामा रहेको छ । उनको रुची राजनीति तथा अन्य विधामा पनि रहेको थियो । यही कारण पनि उनले स्वतन्त्र अभिव्यक्ति हुनुपर्छ बारेमा आफ्ना शब्दहरु प्रयोग गर्थे ।
उनको जीवनमा जति कठिनाइ आयो उति उनको सिर्जना बाहिर आए र विश्वकै चर्चीत व्यक्तिमा गनिन पुगे ।

निकोलस जेम्स भुजिक्स

अष्ट्रेलियाका निकोलस जेम्स विश्वमै सबैभन्दा थोरै जनालाई हुने समस्या फोकोमेलिया बाट ग्रसित थिए । उनको हातहरु, खुट्टाहरु थिएनन् । स्कुलमा उनी मजाकका पात्र बन्ने गर्ने । उनलाई प्रोत्साहन गर्ने र उनको आत्मविश्वास बढाउने काम गरिएन । उनले सघंर्ष गर्दै अगाडि बढे । अन्तत उनले कर्मश विषय लिई ग्रयाजुएट भए । हाल उनी विश्वका विभिन्न कार्यक्रमहरुमा प्रोत्साहन गर्ने वक्तब्य दिने काम गर्छन् । सन् १९९० मा उनलाई ‘अष्ट्रेलियन योङ सिटिजन’ को अवार्डबाट सम्मानित गरिएको थियो । उनी विश्वभरका मानिसहरुलाई विभिन्न तरिकाले उत्प्रेरणा दिने काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्