खोल्ने महोदय चलाउने को ?



हाम्रो मुलुककी राष्ट्राध्यक्ष भण्डारी पनि औपचारिक रूपमा सामाजिक सञ्जालमा छाउन थालेको देख्दा धरहरालाई खुसी लाग्या छ। आम नागरिक र देश दुनियाँसँग प्रत्यक्ष जोडिन, पछिल्ला घटना र विषयवस्तुबारे अपडेट हुन पक्कै पनि उनलाई ट्वीटरले सघाउनेछ।
भण्डारीले पहिलो औपचारिक ट्वीटमा बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको प्रशंसा गरेकी छन्।

उनको ट्वीटमा भनिएको छ– ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना ’ यस्ता धेरै विषय आगामी दिनमा पनि आउँछन् भन्ने धरहराको अपेक्षा छ।

उता छिमेकतिरका समकक्षीहरू सामाजिक सञ्जालमा छाएपछि भण्डारीज्यूलाई ट्वीटर चलाउने प्ररेणा मिल्या पो हो कि ? अनि ट्वीटर महोदय आफैंले चलाउने हो र भन्या ? हो भने त धेरै राम्रो, सुनमा सुगन्ध। हैन भने निर्धक्कका साथ सिक्नुपर्यो। तर आसेपासेहरूले अपडेट गर्ने र पोस्टिने हो भने त अलि हजम भएन है।

कुरा यस्तो हो भने फेरि एक कान दुई कान हुँदै खबर सवत्र फैलिन बेर छैन। बेलैमा सोचौं, सल्लाहकारले पनि व्यावहारिक सुझाव दिन कन्जुस्याइँ नगरौं।

प्रतिक्रिया दिनुहोस्