अश्रु ग्यास प्रहार



पेरिस, (एजेन्सी)
्रफ्रान्सको प्रहरीले नयाँ विमानस्थल बनाइन लागेको पश्चिमी फ्रन्सको जंगली क्षेत्रमा जम्मा भएका वातावरणवादी अभियन्ताहरूलाई हटाउने प्रयास गरिरहेका छन्। प्रहरीले नोत्रे दामेस देस लान्देसमा जम्मा भएका सयौं कार्यकर्तालाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको छ। ती कार्यकताले त्यहाँका बाटोमा अवरोध खडा गर्दै केही आगजनीका घटना पनि घटाएका छन्। गत जनवरीमा नान्तेस शहरनजिक नयाँ विमानस्थल बनाउने विवादास्पद परियोजनाको विषयमा सरकारभित्रै मतभेद सिर्जना भएको छ। स्थानीय राजनीतिज्ञहरूले सो विमानस्थलले त्यस क्षेत्रको अर्थतन्त्र नै उकास्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्