दाहाल प्यानलसहित नाडाको अध्यक्षमा निर्वाचित



काठमाडौं, (नेस)
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा शम्भुप्रसाद दाहाल प्यानलसहित विजयी हुनु भएको छ। राजधानीमा सोमबार भएको नाडाको ४१औं साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो।

दाहाल निकटतम प्रतिद्वन्द्वी रामप्रसाद कँडेलको भन्दा ५ सय ६२ मतान्तरले विजयी हुनु भएको छ। निर्वाचनमा कुल खसेको ७ सय ५१ मतमध्ये कँडेलले जम्मा ६८ मत प्राप्त गर्नुभएको थियो भने दाहालले ६ सय ६० मत प्राप्त गर्नुभएको थियो। सिप्रदी ट्रेडिङका निर्देशकसमेत रहेनु भएका दाहाल यसअघि नाडाका उपाध्यक्ष हुनुहुन्थ्यो।

नाडाको १४ सदस्यीय कार्यसमितिमा कृष्णप्रसाद दुलालले ६ सय ४१ मत, करणकुमार चौधरीले ६ सय ८४ मत, अभिक ज्योतिले ६ सय ९७ मत, सुनिल रिजाल ६ सय ५६ मत प्राप्त गरी विजयी हुनु भएको छ।
त्यस्तैगरी सुरेन्द्रकुमार उप्रेती (सुरेश) ले ६ सय ६२ मत, अनुपकुमार बरालले ७ सय ५ मत, विक्रम सिंघानियाले ६ सय ८७ मत, प्रकाश कपुरीले ६ सय ९१ मत प्राप्त गर्नु भएको छ।

निर्वाचनबाट आगामी २ वर्षका लागि अध्यक्ष एवम् साधारण सदस्यमध्येबाट १४ जना र संस्थागत सदस्यबाट ४ जना केन्द्रीय सदस्यहरू र उपल्लो पदमा निर्वाचित सदस्यबाट नै चयन गर्ने नाडाको विधानमा प्रावधान रहेको छ।

सदस्यमा निर्वाचित सुरज भट्टराईले ६ सय ८३ मत, दीपक अग्रवालले ६ सय ५८ मत, मिलनबाबु मल्लले ६ सय ८१ मत, पंकज अग्रवालले ६ सय ५० मत, नन्दकिशोर शाहीले ५ सय ७० मत र निलमणि पाठक (राम) ले ६ सय ३४ मत प्राप्त गरेका थिए। कार्यसमित सदस्यमा सबैभन्दा धेरै मत अनुपकुमार बरालले पाएका छन्। उनले कुल ७ सय ५१ मत खसेकोमा ७ सय ५ मत प्राप्त गरेका थिए। नयाँ कार्यसमितिले दुईजना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एकजना कोषाध्यक्ष र एक सहकोषाध्यक्ष निर्वाचित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्