नेप्से एक महिनायताकै उच्च बिन्दुमा



नेपाल समाचारपत्र
काठमाडौं
ताको पहिलो दिन आइतबार पुँजी बजार दोहोरो अंकले बढेर पछिल्लो एक महिनाकै उच्च बिन्दूमा पुगेको छ। आइतबार नेप्से परिसूचक ४४ दशमलव २६ अंकले बढेर १ हजार २ सय ९४ अंकमा पुगेको छ।

केही समयदेखि निरन्तर ओरालो देखिएको नेप्से परिसूचक गत मंगलबारदेखि उकालो लागिरहेको छ। आइतबार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। दिनभरिमा १ सय ७६ वटा कम्पनीको २३ लाख १२ हजार ८ सय ६५ कित्ता शेयर १० हजार ७ सय ४६ पटक खरिद बिक्री हुँदा ९१ करोड ७७ लाख ८ हजार ९ सय ५९ रुपियाँ बराबरको कारोबार भएको छ।

आइतबारको कारोबारमा सबै उपसमूहको उपसूचक सकारात्मक देखिएको छ। सबैभन्दा धेरै बीमा समूह ३ सय ५८ दशमलव १ अंकले बढेको छ। बैंकिङ समूह ३३ दशमलव २६, व्यापार समूह ७ दशलमव ६, होटल समूह ८२ दशमलव ५४, विकास बैंक समूह २४ दशमलव ८८, जलविद्युत् समूह ७२ दशमलव ५६, फाइनान्स समुह १० दशमलव शून्य ६, उत्पादनमूलक समूह ५२ दशमलव १३, अन्य समूह १५ दशमलव ९४ र लघुवित्त समूह ८५ दशमलव ६६ अंकले बढेका छन्।
आइतबार सबैभन्दा बढी शेयर सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको शेयर १० प्रतिशतले बढेको छ। एक दर्जन कम्पनीको शेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ। नबिल बैंकको सबैभन्दा धेरै ३ करोड १४ लाख रुपियाँ बराबरकोे शेयर कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा सूर्योदय लघुवित्त र महुली सामुदायिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन्। आइतबारको कारोबारमा १४ कम्पनीका शेयरधनीले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा राधी विद्युत् कम्पनीका शेयरधनीले प्रतिकित्ता ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्