वेभसाइट ह्याक



नयाँदिल्ली, (एजेन्सी)
भारतको रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याकका कारण अवरुद्ध भएको छ। गत सोमबार ह्याक भएको वेभसाइट सुचारु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। वेभसाइटमा चिनियाँ अक्षर देखिएकाले चिनियाँ ह्याकरले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ। वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले यस घटनालाई पुष्टि गर्दै वेभसाइटका सामग्रीहरू अवरुद्ध भएको जनाएको छ। मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सुचारू गराउने प्रयास भइरहेको तथा कसले र किन यो समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्