लक्ष्यभन्दा बढी राजस्व संकलन



हरकसिंह धामी, कञ्चनपुर

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्ष २०७४÷७५ को चैतसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म २० करोड ९७ लाख ४३ हजार रुपियाँ राजस्व संकलन भएको भन्सार अधिकृत रामप्रसाद पोखरेलले बताउनुभयो। उहाँका अनुसार कार्यालयले यस अवधिका लागि २० करोड ४६ लाख १० हजार रुपियाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। सबैभन्दा बढी राजस्व संकलन कात्तिकमा भएको पोखरेल बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षको साउनमा सबैभन्दा कम ९९ लाख ४० रुपियाँ संकलन भएको छ।

भन्सार कार्यालयले भदौ महिनामा २ करोड ७६ लाख ४१ हजार, असोजमा २ करोड ६३ लाख २५ हजार, कार्तिकमा २ करोड ८४ लाख ४५ हजार, मंसिरमा ३ करोड २३ लाख ८८ हजार संकलन गरेको भन्सार अधिकृत पोखरेलले बताउनुभयो। उहाँले पुसमा ३ करोड ६६ लाख २६ हजार रुपियाँ, माघमा २ करोड ६६ लाख २६ हजार र फागुनमा २ करोड ५५ लाख ३१ हजार रुपियाँ संकलन गरेको बताउनुभयो। ‘चालू आर्थिक वर्षमा ३२ करोड ४६ लाख ७५ हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छौं,’ अधिकृत पोखरेलले भन्नुभयो।

कञ्चनपुर भन्सार कार्यालय गड्डँचौकीबाट तरकारी तथा फलफूललगायतका सामान निर्यातभन्दा आयात बढी हुने गरेको भन्सार कार्यालयका भन्सार अधिकृत पोखरेलले बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा विभिन्न २२ प्रकारका वस्तु आयात भएका छन् भने ११ वस्तु निर्यात भएका छन्। चालू आर्थिक वर्ष २०७४÷७५ को माघ मसान्तसम्म ८६ करोड ७० लाख ५ हजार रुपियाँका कम्मल आयात भएको उहाँले बताउनुभयो।‘४९ करोड ३ लाख ३० हजार रुपियाँका गार्मेन्ट आयात भएका छन्, उहाँले भन्नुभयो।

त्यस्तै डम्पर, डस्ना, तन्ना, स्र्पोट उनी गलैंचा, प्लास्टिकमा समान, स्याउ, तयारी कपडा तामाका घरेलु भाँडाकुँडा, तरकारी, सल, दोसल्ला, घातुका मूर्ति, सूर्ती, माछाका भुरा, टे«लर, अटोरिक्सा, श्रृंगारका समान पाल त्रिपाल ग्लेज टायल आयात गरिएका छन्। निर्यातमा हस्तकलाका सामग्री, जैविक तेल, जडिबुटी निर्यात भएका छन्। हस्तकलाका समाग्री १० करोड २७ लाख १ हजार रुपियाँका निर्यात गरिएको छ भने ३७ करोड ३३ लाखको जैविक तेल निर्यात गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्