दुःखले सुख बोलायो 



कमल ढकाल
फेसबुककै कारण लभ। फेसबुककै कारण सम्बन्ध विच्छेद। पवित्र समाज सेवा नेपालको अध्यक्ष दीक्षा चापागाईकोमा जादा त एक बालकको नाम नै फेसबुक रहेछ। भुकम्पको समयमा सिन्धुपाल्चोकको केटीले काठमाडौमा डेरा गरि बस्नेसंग फेसबुकमै माया प्रिति गासिछन। राजधानीमा भेट भयो र बच्चा बस्यो। त्यसपछि केटा फरार भएछन। सिभिल अस्पतालको गेट अगाडी बच्चा जन्मिएपछि  दीक्षालाई प्रहरीले खवर गरयो।

उनले फेसबुककै कारण जन्मिएको बच्चााको नाम नै फेसबुक राखिन। बच्चा अलिक ठुलो भएपछि उनको आमा त्याहाबाट फेरि अर्काेसंग फेसबुकमै लभ परेर बेपत्ता भईन। फोटो सहित दुनियाका कुरा हेर्न पाईने यो चिजले मान्छेलाई क्रेजी बनाईसक्यो। फुर्सद भयो कि फेसबुकमा। निन्द्रा लागेन भने फेसबुकमा।

सकरात्मकले सकरात्मक पाउने। नकारात्मकले नकारात्मक पाउने। न्युज पनि पहिले फेसबुक पछि अनलाईन हुदै प्रिन्टमा आउन थालिसक्यो। ओम समाज डेन्टल अस्पतालका सन्चालक डक्टर सुभाष घिमिरेको गोअहेडका लागि अन्तवार्ता गरियो। उनको फेसबुक हेरौन त भन्ने लाग्यो। त्याहा सकरात्मक कुरा देखे। दाँत कडा भएर चाँडै झर्छ। जिब्रो नरम हुनाले मर्ने बेला सम्म रहन्छ। त्यसैले नरम हुन सिक मित्र। बित्थामा उम्लनु हुन्न। गल्ति सबैको हुन्छ यहि उनको वालपोस्टमा लेखेको रहेछ। दाँतको डक्टर घिमिरेले पनि यो कुरा भित्री तहमा बुझेर नै होला। धेरै नरम ब्यबहार अपनाए।

कोहि मान्छेको जीवन त्यसै अगाडी बढदैन। त्यहा थुप्रै कुरा भेटिन्छ। सुभाषको जिन्दगी अगाडि बढाउन पनि नरम ब्यबहारका साथै रिस कन्टेल पनि रहेछ। रिस के हो बुझेका रहेछन उनले। जसले रिसलाई साथी बनाउछ। उसलाई किन दुश्मन चाहियो। दुश्मन नै रिस हो। रिसलाई नियन्त्रण गर्दै अगाडी बढन नै होला उनले आफुले सन २००० मा खोलेको समाज डेन्टल अस्पताल छाडे। त्यसमा ओम थपेर २००७ मा नयाँ खोले।

महोत्तरी जिल्लाको खोला जस्तै उनको जीवन पनि मोडियो। महोत्तरीको गौरीबासको पुर्खाको थलो छाडेर अहिले उनी नैकापमा बस्छन। गाउकै प्राईमरी स्कुल पढेका सुभाषले एसएलसि जनकपुर जानकी  स्कुलबाट दिए। आमाले मामाहरू डक्टर बनेको देखेर छोरा डक्टर बन्न पर्छ ठुलो मान्छे बनेर निक्लन पर्छ भनिरहन्थिन। त्यहि भएर उनी डक्टर ध्रुव प्र शर्मा (मामा)लाई पछयाउदै पढे। एसएलसि पछि वास्तविक अध्ययन गरे उनले। आईएस्सी हुदै सन १९९२ मा नकिमा डेन्टल कलेज भारतमा पढे। ६ बर्ष पछि डक्टर बनेर निक्लिए।

गान्धि डेन्टल क्लिनिक उनको प्रोफेसरको थियो। जहा उनले धेरै पल्ट प्रयास गरे काम पाउन। सधै घर बाट पैसा मगाईरहन गाह्रो भएकोले पनि उनी काम गर्न चाहन्थे। डटेर काम गरेर देखाएकोले उनले प्रोफेसरको मन जिते। त्यहि बाट उनलाई राम्रो काम गर्न सक्छु भन्ने मनै देखि परयो।

सुभाष पढेर आउदा देशमा थोरै डेन्टल क्लिनिक थिए। आय र अवारनेश दुबै कारणले दाँत अरू अंग भन्दा पछाडी परेको थियो। जुन कुरा उनले सर्भे बाट पत्ता लगाए। क्लिनिक हैन अस्पताल बनाउने उनको मन गयो। बनाउने कसरी ? जुन उनलाई पनि थाहा थिएन। आफुले थाहा पाएको कुरा संकलन गर्दै अगाडी बढे। रातरातभर ट्कमा चढेर लखनउ पुगे। त्याहा बाट डेन्टल चेयर ल्याएर सुरु गरेर समाज डेन्टल केयर मेडिकल सेन्टर।

द्वन्दले थिलिथिलिएको नेपाली समाजमा दाँतलाई त्यतिबेला कम महत्व दिईन्थ्यो।
मान्छेको मृत्यु नै घन्टै पिच्छे हुने त्यो समयमा जिउका अरू अंग भन्दा दाँत कम प्राथमिकतामा पर्नु स्वभाविक पनि हो। यो कुराले मात्र सुभाषको यात्रा रोकिएन। उनी जसरी पनि दाँतको बिमारीलाई आफनो चेम्बरमा ल्याउन चाहन्थे। उनले चेकअपको लागि पैसा दिन पर्दैन सदस्य बन्नुस भन्ने नारा ल्याए। सदस्यता कार्ड बनाए। कम्तिमा बिमारी आएर समस्या बताउन थाले। समस्या निवारणको लागि उनले कम पैसा लिएको बताए। आफु सर्जन पनि भएकोले सबै काम आफै गर्न सक्ने अवस्थामा सुभाष थिए। उनको यहि बिशेषताले अस्पताल बिस्तारै चल्दै गयो।
अनुहारलाई सुन्दर बनाउन मद्दत गर्ने दाँत बाहेक उनी छालाको चाउरी परेको , कपाल रोप्ने लगायतका काम पनि गर्छन। जसलाई ओरल म्याग्जिलो फेसियल सर्जन भनिन्छ। सन २००० मा समाज डेन्टलमा आएकी साम्भा संग २००५ मा बिबाह भयो। दम्पतिनै लागेर काम गरेपछि उनीहरूले बिमारीको मन जित्दै गए। बिस्तारै समाज डेन्टलले आफनो गति लिन थाल्यो। जब गति लिन थाल्यो। त्यो उनले छाडनु पर्ने दिन आएको सुभाष बताउछन। त्यसपछि उनले ओम समाज खोले। त्यो पनि अहिले त्यत्तिकै भिडका साथ चलेको छ।
दुःखले  सुख बोलाउछ। दुःखको समयमा सुख आउने धैर्य मात्र कुर्न पर्छ। १८ बर्ष अगाडी अस्पताल खोल्दा , त्यसपछि आफ्नै अस्पताल खोल्दा र त्यो अघि पढ्दाको दुःख नै आजको उनको सुख हो। अरूको दाँत हेरेर उनी कहिल्यै दुःखी हुदैनन। दाँत नै उनको लागि आर्ट हो। त्यहि आर्टका लागि  उनले गोपिकृष्ण हल नजिकै ओम समाज डेन्टल अस्पताल आफनै प्रोपर्टिमा खडा गरिसकेका छन। र सिंगो जीवन दाँत सेवामै बिताउदै छन। जिब्रो जस्तै नरम बनेर
  अब त दाँतको डक्टर बन्न पनि गाह्रो हुने अवस्था आएको छ। आजकल दाँतको डक्टर बन्न पनि  लाखौ रूपैया लाग्ने भईसक्यो। हाल नेपालमा तीन हजार बढी दाँतको डक्टर छन। १८ बर्ष अगाडिको दिनलाई फर्केर हेर्दा सुभाषले धेरै परिवर्तन देखे। पहिले बाबु आफनो दाँत समाउदै आएर छोराको दाँत चेकअप गराउथे। अहिले दिन फेरिएको छ। अहिले बाबु छोरा संगै आएर दाँतको परिक्षण गर्छन। बिदेशमा काम गर्न जाने हुनाले दाँतको चेक गर्नु पर्छ भन्ने मान्छे हरू बढेको उनको भनाई छ। पहिलेको भन्दा मान्छेको क्रय शक्ति बढेको उनको भनाई छ। दाँतको अस्पतालहरू बढनु बाट पनि उनको कुरा पुष्टि हुन सक्छ। उनी आफैले पनि चाबेलमा र घर नैकापमा अस्पताल राखेका छन।
नेपालमा बिदेशको तुलनामा दाँतको उपचार धेरै सस्तो छ। स्वस्थ पर्यटनको रूपमा दाँतको काम गर्न सकिने उनी बताउछन। नेपाल त्यसको लागि ठुलो मार्केट भएको उनको भनाई छ। भन्छन “यहाँ आएर डुलेर मज्जाले उपचार गराउन पुग्छ बिदेशमा गर्ने उपचारले। ” सरकार , एनआरएन र बिदेशी कुटनीतिज्ञलाई यतातर्फ पहल गर्न उनी सुझाउछन पनि।
दाँत जीवनमा हरेककको फुस्कन्छ। हरेकको समस्या आउछ। मान्छेको सुन्दरताको लागि अपरिहार्य यो चिज मार्फत ब्यापार र समाजसेवा दुबै गरेका सुभाषले शिक्षा क्षेत्रमा पनि हात हालेका छन। सान ईन्टरनेशनल कलेजका अध्यक्ष सुभाष शिक्षा र स्वास्थ सबैको लागि हुन पर्ने बताउछन। सरकारले नगरे नीजि क्षेत्रले जे सक्छ त्यहि गर्नु पर्छ भन्ने बाटोमा उनी हिडेका छन।
दुःखले  सुख बोलाउछ। दुःखको समयमा सुख आउने धैर्य मात्र कुर्न पर्छ। १८ बर्ष अगाडी अस्पताल खोल्दा , त्यसपछि आफ्नै अस्पताल खोल्दा र त्यो अघि पढ्दाको दुःख नै आजको उनको सुख हो। अरूको दाँत हेरेर उनी कहिल्यै दुःखी हुदैनन। दाँत नै उनको लागि आर्ट हो। त्यहि आर्टका लागि  उनले गोपिकृष्ण हल नजिकै ओम समाज डेन्टल अस्पताल आफनै प्रोपर्टिमा खडा गरिसकेका छन। र सिंगो जीवन दाँत सेवामै बिताउदै छन। जिब्रो जस्तै नरम बनेर ।

प्रतिक्रिया दिनुहोस्