पत्नीको पदयात्रा



बेइजिङ, (एजेन्सी)
चीनमा प्रहरी हिरासतमा रहेका एक वकिलकी पत्नीले हालसम्म अत्तोपत्तो नभएका पतिको अवस्थाको जानकारी माग गर्दै सय किमिभन्दा लामो दूरीको पदयात्रा शुरू गरेकी छिन्। लि वेन्जु राजधानी बेइजिङदेखि तियानजिनसम्म हिँड्दै छिन्। उनको विचारमा लोग्ने वाङ क्वुआन्झाङलाई तियानजिनमा थुनिराखेको छ। उनले एक हजार दिनअघि गिरफ्तार गरिएका पतिको कुनै खबर सुन्न नपाएको बीबीसीलाई बताएकी छिन्। सन् २०१५ को अगस्टमा सरकारले दुई सयभन्दा बढी अभियन्तालाई पक्राउ गर्ने क्रममा वाङलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्