फेसन सिक्रेट्स टु उजागर हुँदै



वर्ष २०७४ को अन्तिम साँझ आगामी चैत्र ३० गते शुक्रबार राजधानीमा फेसनका पछिल्ला रहस्यहरू सार्वजनिक हुने भएको छ। सुन्दर एवं आकर्षक डिजाइनमा तयार पारिएका स्टाइलिस नमुनाहरू सार्वजनिक गर्न तयार भएको छ युवा फेसन डिजाइनको एउटा समूह।

फेसन कार्यक्रममा उत्कृष्ट वीरविक्रम खड्का, नुदिना राई, सुमना शर्मा, अनिता लोहनी तथा विजय केकहरका साथमा बेलो कलेक्सन्स् र बिइङ ह्युमन वेयरका कलेक्सनहरू सार्वजनिक हुने कार्यक्रमका इभेन्ट म्यानेजर आशिष पाण्डेले जनाएका छन्। कार्यक्रममा प्रदर्शन हुने पहिरनमा डिजाइनर उत्कृष्टको सिर्जना स्ट्रिट वेयरमा केन्द्रित रहनेछ भने सुमनले इन्डो वेस्टर्न शैलीका पहिरनहरू प्रस्तुत गर्नेछन्। डिजाइनर बिजयको सिर्जनामा युरोपिन छाप देख्न पाइनेछ भने अनिताको प्रस्तुति रेड कार्पेट स्टाइल हुनेछ। यसै गरी नुदिनाले समर वेयरशैली प्रस्तुत गर्नेछिन् भने बेलो कलेक्सनको शैलीहरू फ्युजन पार्टी वेयर हुनेछ। बिइङ ह्युमनले आफ्ना पछिल्ला समर शैलीहरू रनवेमा उतार्ने भएको छ। फेसका यी विविध सिर्जना लाजिम्पाटस्थित नेपाली चुलोमा सार्वजनिक हुन लागेको हो।

नयाँ वर्ष २०७५ को स्वागतसँगै सम्पन्न हुन लागेको यो फेसन कार्यक्रममा २४ युवती र ११ युवा मोडलले विभिन्न पहिरनलाई आफ्नो मोडलिङ कला र सीपमार्फत प्रस्तुत गर्नेछन् भने उनीहरूको प्रस्तुतिलाई स्टाइलिस्ट पुरन जोशीले कोरियोग्राफ गर्नेछन्। फेसन सिक्रेट शीर्षकअन्तर्गतको दोस्रो शृङ्खलाको रूपमा प्रस्तुत हुने यो फेसन कार्यक्रमलाई ड्रिम सर्च एजेन्सीको सहकार्यअन्तर्गत नेपाल इन्स्टिच्युट अफ फेसन निफ नामक फेसन डिजाइनिङसम्बन्धी अध्यापन गर्ने गराउने संस्थाले आयोजना गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्