बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी भएपछि..



दुर्गाप्रसाद शर्मा, पर्वत ।

बिरामीलाई अस्पताल पु¥याउने एम्बुलेन्स नै बिरामी भयो भन्दा अत्युक्ति नहोला । जिल्लामा सञ्चालित धेरै एम्बुलेन्स थला परेका छन् । सरकारी र दातृ निकायको सहयोगमा सञ्चालनमा आएका अधिकांश एम्बुलेन्स मर्मत सम्भार नहुँदा ग्यारेजमै थन्किएका छन् । जसको मार सर्वसाधारण बिरामीलाई परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्बत तथा नेपाल रेडक्रस सोसाईटी पर्बतमा दर्ता गरिएका एम्बुलेन्सहरुमध्ये हाल केहि एम्बुलेन्स मात्र सञ्चालनमा छन् भने केहि एम्बुलेन्स मर्मत सम्भारको अभाबमा काम नलाग्ने अबस्थामा छन् ।

हाल जिल्लामा जिल्ला अस्पताल पर्बतमा एक, रेडक्रस सोसाईटीका दुई, पाङराङ स्बास्थ चौकीमा एक, पैयु स्बास्थ चौकीमा एक, लुङ्गखु प्रथामिक स्बास्थ केन्द्रमा एक, हेल्पीङ हेण्ड फलेबास स्बास्थ संस्थामा एक, मल्लाज स्बास्थ चौकीमा एक ठुलीपोखरी स्बास्थ केन्द्रमा एक र पुन युबा क्लबद्धारा सञ्चालीत एक एम्बुलेन्स गरी १० एम्बुलेन्स जिल्लामा रहेका छन् । यी मध्ये एका दुई बाहेक सबै जसो एम्बुलेन्स मर्मत सभ्मारको अभाबमा काम नलाग्ने अबस्थामा छन् ।

बिरामी बोक्ने एम्बुलेन्स मर्मतसम्भार नहुँदा गम्भीर प्रकारका बिरामी, सुत्केरी, वृद्धवृद्धा र बालबालिकाले उपभोग गर्न पाएका छैनन् । अधिकांश अस्पतालका एम्बुलेन्स विगत एक वर्षदेखि बिग्रिएर थन्क्याइएको छ । बिग्रिएका एम्बुलेन्स पुराना र धेरैपटक मर्मत भइसकेकाले पनि हाल प्रयोगविहीन अवस्थामा रहेका छन् ।

जिल्ला अस्पताल पर्बतमा रहेकै एम्बुलेन्स मर्मत सम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा सदरमुकामकै सर्बसाधारणहरु चर्को भाडा तिरेर निजी सबारीसाधन प्रयोग गर्न बाध्य भएका छन् । जिल्लाकै एकमात्र अस्पताल जिल्ला अस्पतालमा समेत एम्बुलेन्स नहुदा बिरामीहरुले आकस्मीक उयपचार पाउन सकेका छैनन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल विकास समितिका पदाधिकारी र नगरपालिकाका प्रतिनिधिले चाहिएको बेला अन्यत्रबाटै एम्बुलेन्स सुविधा पाउने भएपछि सर्वसाधारणको काममा आउने सरकारी अस्पतालको एम्बुलेन्समा कसैको ध्यान नपुगेको स्थानीयको आरोप छ ।

अस्पतालका कर्मचारी भने रकमकै अभावमा एम्बुलेन्सको मर्मत हुन नसकेको बताउँछन् । पटक पटक एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याईएको भएपनि पछिल्लो समय मर्मत खर्च समेत जोहो हुन नसक्दा मर्मतमा समस्या भएको र अहिले उम्बुलेन्स बिहिन भएको जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो ।

एम्बुलेन्स मर्मतका लागि केन्द्रसँग आवश्यक बजेट नभएको र बारम्बार मर्मत गर्दासमेत एम्बुलेस बिग्रिने गरेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाको भनाई छ । जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमध्ये कतिपय एम्बुलेन्स सञ्चालकहरुले बिरामी ओसारपोसार गर्नुभन्दा अन्य कामका लागि प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्