सइदको संगठन आतंकवादी



वासिङ्टन, (एजेन्सी)
अमेरिकाले पाकिस्तानको मिल्ली मुस्लिम लिग (एमएमएल) पार्टीलाई आतंकवादी संगठन घोषणा गरेको छ। उक्त संगठन विवादास्पद इस्लामिक नेता हाफिज सइदको राजनीतिक संगठन हो। सइदमाथि भारतको मुम्बई हमलाका सूत्रधार भएको आरोप लगाइएको छ।

पाकिस्तानमा एमएमएललाई राजनीतिक दलको रूपमा मान्यता दिने पहल भइरहेको बेला वासिङ्टनको उक्त फैसला आएको हो। भारतले अमेरिकाको उक्त कदमलाई स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ल्याएको एक संशोधन प्रस्तावमा लस्कर ए तोयबासहित एमएमएल र तहरिक ए, आजादी ए काश्मिरलाई आतकंवादी संगठनको सूचीमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्