मदन दाइ, सधैं तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं – मनोज गजुरेल



OLYMPUS DIGITAL CAMERA

मृत्यु जीवनको अन्त्य हैन, अर्को महाजीवनको शुरूआत हो मदन दाइ।
यशोदा भाउजू, तपाईं भौतिकरूपमा अब हामीबीच रहनुभएन। प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रद्धाञ्जली। शोक सन्तप्त मदन दाइसहित सपरिवारमा समवेदना।

अस्तित्वमा समाहित भाउजूको आत्माले चाँडै शान्ति प्राप्त गरोस्। हाम्री गुरूपत्नी हुनुको नाताले मात्र हैन, एउटा उत्प्रेरक नारीको नाताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं।

तपाईंले अन्धविश्वासले जकडिएको तत्कालीन नेपाली समाजमा पनि अन्तरजातीय वैवाहिक जीवनलाई सहज र सफल बनाउनुभयो।
तपाईं आफूले घर–परिवारको जिम्मा लिएर देशलाई मदनकृष्ण दाइ जस्तो महान् मान्छे दिनुभयो।

क्यान्सर जस्तो ज्यानमारा रोगसँग लामो समयसम्म लडेर यही रोगसँग जुधिरहेकालाई बाँच्न प्रयास गर्ने उत्प्रेरणा दिइरहनुभयो।

अन्त्यमा, मदन दाइ, तपाईं आफैं रोगसँग लडिरहनुभएको छ। त्यसमाथि पत्नीवियोगको पीडा थपिँदा तपाईं र तपाईंको परिवार कस्तो अवस्थाबाट गुज्रिरहेको छ, हामी अनुभूत गर्न सक्छौं। तर, मृत्यु जीवनको अन्त्य हैन अर्को महाजीवनको शुरूआत हो मदन दाइ। यो तत्त्वलाई बोध गरेर आफूलाई बलियो बनाउनु होला। हामी सधैंभरि तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं।

तपाईंको सक्रियता, निरन्तरता र आत्मविश्वास नै यशोदा भाउजूको आत्मालाई शान्ति दिने सही उपाय हो। सबैको मंगल होस्, सधैंको मंगल होस्। ॐ शान्ति, शान्ति, शान्ति।

प्रतिक्रिया दिनुहोस्