लोभ्यायो एकल नाटकले



राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा प्रस्तुत विभिन्न देशका फरक–फरक रंगकर्मीले दर्शकलाई लोभ्याइरहेका छन्।

महोत्सवको दोस्रो दिन मंगलबार भारतका सुवेन्दु भण्डारीको निर्देशन र ऋतुपर्णा विश्वासको लेखन तथा अभिनयमा १ घण्टा लामो नाटक इलाद मञ्चन गरिएको थियो। त्यस्तै बंगलादेशका सामिउन जहान डोलाको निर्देशनमा कलाकार सामिमा स्वकेतले सोनिटर हात प्रस्तुत गरेकी थिइन् भने स्कटल्यान्डको तर्फबाट द चियर्स वेयर मुब्ड् टुगिभमी प्यासेजु मञ्चन गरिएको थियो। ६८ वर्षीया तमरा मक्लर्गको अभिनय रहेको नाटकको निर्देशन अलन लिडायर्डले गरेका हुन्। उता फ्रान्सका म्याक्सिमको लेखन तथा निर्देशनमा मास्कको प्रयोग गरेर पर्फमेन्स विथ मास्क देखाइएको थियो। जसमा नेपालबाट भूमिका चौधरीले अभिनय गरेकी थिइन्। महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथा निर्देशनको नाटक अतिरिक्त आकाश, लन्डनका तर्फबाट द कोट र चीनबाट जम्प मञ्चन गरिएको थियो। महोत्सव आज बिहीबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्