गणेशमान सिंह स्मृति चेस आरम्भ



काठमाडौं, (नेस)
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६१औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा मंगलबारदेखि गणेशमान सिंह स्मृति छैटौं सहकारी चेस प्रतियोगिताको आरम्भ भएको छ।

प्रतियोगितामा रूसमा चेस खेल अध्ययनरत उच्च २२७३ रेटेटका विवेक थिङ, २२१५ रेटेट रूपेश जैसवालको सहभागिता रहनेछ। नेपालका शीर्षस्थ खेलाडीहरू रिजेन्द्र राजभण्डारी, केशव श्रेष्ठ, बद्रीलाल नेपाली, मनीष हमाल, विमललाल श्रेष्ठ, नवीन तण्डुकार, सुमित पन्त, राजन पुरी, क्षितिज भण्डारी, राजेन्द्रप्रसाद श्रेष्ठलगायत ७० राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

चैत २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकलसहित पुरस्कार राशि ५ लाख १४ हजार ४ सय नगद रहेको छ। प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए। ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले छैटौं पटकको सहआयोजनासम्म आउँदा प्रतियोगिताको गुणात्मक विकास भएकोतर्फ औंल्याउँदै समाजको खेलकुद विकासमा सदैव गतिलो योगदान रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्