आक्रमणको निन्दा



काबुल, (एजेन्सी)
अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाइले उत्तरी कुन्दुज प्रान्तमा भएको एक अफगान सैन्य कारबाहीको निन्दा गरेका छन्। सोमबार एक धार्मिक भेलामा भएको उक्त सैन्य हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो भने अन्य ३० जना घाइते भएका थिए। अफगान रक्षा मन्त्रालय प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद रादमनिसले उक्त हवाई कारबाहीमा २० भन्दा बढी तालिवान विद्रोही मारिएको बताएका थिए। दस्त ए अर्ची जिल्ला गभर्नर नसुरुद्दिन सादीले एक धार्मिक स्कुलमा रहेको मस्जिदमा हेलिकोप्टरबाट भएको उक्त आक्रमणको बेला ग्य्राजुएसनका लागि करिब १ हजार व्यक्ति भेला भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्