वृज सिमेन्ट दोस्रो चरणको प्रवद्र्धनमा



काठमाडौं, (नेस)
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाइजेसनअन्तर्गत रहेको कम्पनी हो। यो कम्पनी रूपन्देहीमा अवस्थित छ। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने पीपीसी सिमेन्टअन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्मार्ट सिमेन्ट ब्रान्डहरू उत्पादन गर्दछ र पीएससी सिमेन्टअन्तर्गत वृज सुपर पावर ब्रान्ड उत्पादन गर्दछ। गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनमा वृज सिमेन्ट परिचित छ। नयाँ ढंगबाट नयाँ ऊर्जासहित बजार प्रवद्र्धन शुरूआतको क्रममा दोस्रो संस्करणको थालनी भएको छ।

वृज सुपर प्रिमियम ओपीसी सिमेन्टको बजार प्रवद्र्धनका क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने व्यक्तिलाई वृज सिमेन्टले चिनाउन प्रयास गरेको छ। यसभन्दा अगाडि चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट खेलाडी शरद भेसवाकर , मनाङ तथा मुस्ताङलाई वायरलेस इन्टरनेटवाट जोडी सूचना प्रविधिमार्फत् परिचित गराउने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा सन् २०१६ को मिस नेपाल अस्मी श्रेष्ठसहित ४ जनालाई वृज सिमेन्टले एसोसिएट गरिसकेको छ। यस पटक मिस नेपाल सन् २०१७ नीकिता चाण्डक, विश्व अल्ट्रा धाबक मिरा राई, सगरमाथा २१औं पटकसम्म चुमेर विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा एसोसिएट गरी ब्रान्ड एम्बेसेडरको रूपमा लिएको छ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि आईएसओ ९००१ः २००८ बाटट प्रमाणित छ साथै यसका उत्पादनरू वृज सिमेन्टका पीपीसी ब्रान्डहरू एनएस ३८५ एवम् वृज सिमेन्टका ओपीसी ब्रान्डहरू एनसए ४९ बाट प्रमाणित भइसकेका छन्। वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले आफुना उत्पादन १५ वर्षदेखि निरन्तर रूपमा बजारमा ल्याइरहेको छ।उच्च प्रविधि, दक्ष जनशक्ति र वर्षौवर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौतान गर्ने कुरा कम्पनीका सिनियर मार्केटिङ एन्ड ब्रान्ड म्यानेजर अमित श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्