भिडियोमा शिल्पा र विल्सनको जोडी



मंगलम् नायिका शिल्पा पोखरेलले हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबूढाु सँग जोडी बाँधेकी छिन्। म्युजिक भिडियोबाट चम्किई फिल्ममा प्रवेश गरेपछि भिडियोबाट टाढा रहँदै आएकी नायिका पोखरेल यदाकदा म्युजिक भिडियोमा देखिने क्रममा विल्सनका साथ जोडीका रूपमा देखिएकी हुन्।

विल्सन र शिल्पा गायक अमर राईद्वारा स्वरबद्व चञ्चले नानी बोलको गीतको म्युजिक भिडियोमा जोडीका रूपमा देखिएका हुन्। यसको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। विल्सन र शिल्पा पहिलोपटक जोडीका रूपमा देखिएका हुन्। भिडियोबाट यो जोडीले सकारात्मक प्रतिक्रिया पाएको छ। भिडियोमा विल्सनले शिल्पालाई मन पराउँछन्।

यी दुईको प्रेमभाव नै यो गीतको म्युजिक भिडियोको मुख्य विषय हो। गीतको भिडियोलाई राजीव समरले कोरियोग्राफी गरेका छन् भने उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ।

‘यो गीतको म्युजिक भिडियोलाई हामीले गाउँको एक कथामार्फत प्रस्तुत गरेका छौं। भिडियोमा विल्सन गाउँले युवाको भूमिकामा छन् भने शिल्पा गाउँकै एक खाजा घरको साहुनी हुन्छिन्। यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु।ु –निर्देशक खड्काले भने।

गायक अमर राईले भने गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको र सोहीअनुसार म्युजिक भिडियो तयार पारिएको बताए।

प्रतिक्रिया दिनुहोस्