फैसला जनताको



इस्लामाबाद, (एजेन्सी)
नोबेल शान्ति पुरस्कार विजेता तथा बालिका शिक्षा अभियन्ता मलाला युसुफजाईले काश्मिरको मुद्दामा त्यहाँका जनताबाटै फैसला हुनुपर्ने बताएकी छिन्। ६ वर्षपछि स्वदेश फर्केकी मलालाले भनिन्– ‘काश्मिर स्वतन्त्र चाहन्छ, भारतसँग बस्न चाहन्छ वा पाकिस्तानको हिस्सा बन्न चाहन्छ ,यसको फैसला काश्मिरी जनताकै हुनुपर्छ।’ यसमा कसैले हस्तक्षेप गर्न नहुने र काश्मिरी बच्चाहरुको सुरक्षा तथा स्कुल जानु उनीहरुको अधिकार भएको उनले बताए। काश्मिरी जनताले अहिलेसम्म शान्ति नदेखेको र उनीहरुलाई शान्ति दिनुपर्ने पनि बताउँदै भारत र पाकिस्तानलाई वार्ताबाट त्यसको समाधान खोज्न अपिल गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्