कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकका कारण कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

निर्वाचन समीक्षा लगाएतका विषयमा यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको बैठक स्थगन गरिएको कांग्रेस नेताहरुले बताएका छन् । आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने बताइएको छ ।

निर्वाचन समीक्षाको क्रममा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्