ट्याइँ ट्याइँ फिस



चैत २८ गतेबाट घर जाने तयारीमा रहेका दुवै प्रहरी संगठनका प्रमुख बिदामा बस्ने चर्चाले बजार त पिट्यो तर परिणाम भने ट्याइँ ट्याइँ फिस भने जस्तै भयो। दुई बटुवा घर जाने प्रहरी प्रमुखलाई धारेहात लगाउँदै सरोपेको दृश्यले धरहराको मन छोएको छ। हैन किन ती बटुवा त्यस्ता कुरा गर्छन् धरहराले बुझ्न खोजेको मात्र के थियो कुरा त गाठी नै रहेछ। दुई संगठनका दुवैका आईजीपी साप भने आफ्नो अनुकूलको उत्तराधिकारी नियुक्त गर्नका लागि तालुकदार मन्त्रालयमा बुझाएको बिदासमेत कटौती गरी बसेको भन्ने सुइँको धरहराले पाएको छ। हैन के हो यो धरहरा आईजीपी सापहरूको नियतको खोजीमा के लागेको थियो। आईजीपी सापहरू विधि विधान भन्दा पनि आफ्ना अनुकूलको मान्छेलाई बनाउन उहाँहरूले गरेको चलखेलले भने संगठन त भाँडमा जाने नै हो मुलुकको सुरक्षा अवस्था पनि जटिल र कठिन बन्दै आएको निष्कर्ष धरहराले निकालेको छ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्