टाउको काटिएर पनि जीवित रहे कुखुरा



बैंकक, (एजेन्सी)

सामाजिक सञ्जालमा एक कुखुरा चर्चाको विषय बनिरहेको छ। सामाजिक सञ्जालमा भाइरल हुने विषय अनौठो त हुन्छ नै। यो कुखुराको विशेषता अनौठो मात्र होइन असम्भव जस्तै हो। अचम्मको कुरा उसको गर्दन काटिइसकेको छ र पनि एक हप्तादेखि जिउँदै छ।

कुखराको यही विशेषताका कारण यसलाई ट्रु वारियर नाम दिइएको छ। यो कुखुरा थाइल्यान्डको रचाबुरीमा भेटिएको थियो। एक आक्रामक घटनामा उक्त कुखुराको गर्धन काटिएको थियो। गर्धन काटिएपछि यो कुखुरा केही घण्टामात्र जीवित हुन्छ भन्ने थियो तर ऊ हप्तादेखि जीवितै रहेको छ। एक डाक्टरले उक्त कुखुराको उपचार गरिरहेका र अहिले ऊ स्वस्थ रहेको छ।

उक्त कुखुरालाई अहिले बौद्ध भिक्षुले एडप्ट गरेका छन्। कुखुरालाई सिरिन्जको माध्यमबाट खाना पानी दिने गरिएको छ। हालैमात्र उक्त कुखुराको भिडियो सार्वजनिक भएको हो जसमा उसलाई सिरिन्जको माध्यमबाट खुवाउँदै गरेको देखाइएको छ। कुखुराको गर्धनको अगाडि भाग काटिएको भए पनि शिरको पछाडिको भाग बाँकी नै रहेकोले ऊ जीवितै रहेको पशु चिकित्सकहरुले बताएका छन्।

१८ महिना जीवितै

७० वर्षअगाडि अमेरिकामा एक किसानले एक कुखुराको टाउको छिनालेका थिए। तर त्यो कुखुरा मरेन, बिना टाउको १८ महिना बाँच्यो।आश्चर्य पार्ने घटनापछि उक्त कुखुरा ‘मिरेकल माइक’को नामले प्रख्यात भएको थियो। सन् १९४५ सेप्टेम्बर १० मा कोलाराडोको फ्रुटास्थित आफ्नो फार्ममा लयल ओल्सेन र उनकी पत्नी क्लारा कुखुरा काटिरहेका थिए। ४०⁄५० कुखुरा काटिसकेपछि पनि उक्त एउटा कुखुरा टाउको काटिएर पनि मरेको थिएन।

काट्ने काम सकिएपछि मासु उठाउन लाग्दा एउटा कुखुरा जिउँदै बिना टाउको दौडेर भागेको ओल्सन र क्लाराका पनाति ट्राय वाटर्सले बताए। दम्पतीले उसलाई एक बाकसमा बन्द गरे। तर अर्को दिन बिहान त्यसलाई जिउँदै देखेपछि ओल्सेन चकित परेका थिए। अमेरिकाको फ्रुटामा हरेक वर्ष ‘हेडलेस चिकन’ महोत्सव मनाइँदै आइरहेको छ।

वाटर्स भने उनीहरु बजारमा मासु बेच्नका लागि गए र आफूसँग टाउको विहीन जीवित कुखुरा पनि लगे। त्यो बेला घोडाले तान्ने टांगा हुने गथ्र्यो। बजारमा उनीहरुले उक्त अच्चम्मको घटनालाई लिएर बियरलगायत विभिन्न वस्तुमा बाजी लगाउन थाले। यो कुरा फ्रुटामा चाँडै नै फ्रुटामा फैलियो र एक स्थानीय अखबारले ओल्सनसँग प्रत्यक्ष अन्तर्वार्ताका लािग आफ्नो संवाददाता नै पठाइदिए।

पछि बिना टाउकोको कुखरा माइकको युटा विश्वविद्यालयमा जाँच पनि भयो। त्यसपछि वैज्ञानिकहरुले बिना शिर जीवितै रहन सक्छ वा सक्दैन जाँच्न कयौं कुखुराको टाउको काटेको हल्ला फैलिएको थियो। लयड दम्पती र माइकले त्यसपछि पुरै अमेरिका यात्रा गरेका थिए। सन् १९४७ को वसन्तमा ओल्सेन एरिजोनाको फिनिक्समा पुग्दा माइकको मृत्यु भएको थियो।

माइकलाई प्रायः ड्रपबाट जुसलगायत तरल खाना दिइन्थ्यो र उसको भोजन नलीलाई सिरिन्जले सफा गरिन्थ्यो। तर त्यो राती सिरिन्ज एक कार्यक्रममा छुटेको थियो। अर्को सिरिन्जको व्यवस्था नहुँदै माइकको श्वास बन्द भई मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्