१६ मारिए



गाजा, (एजेन्सी)
इजरायल गाजा सीमामा शुक्रबारदेखि शुरू भएको प्यालेस्टिनी प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीसँगको भिडन्तमा मर्नेको संख्या १६ पुगेको छ। भिडन्तमा २ हजारभन्दा बढी प्यालेस्टिनी प्रदर्शनकारी घाइते भएका छन्। ग्रेट मार्च अफ रिटर्न नाम दिइएको उक्त विरोध प्रदर्शन ६ हप्तासम्म सीमा क्षेत्रमा हुनेछ। उक्त इजरायल विरोधी प्रदर्शनका लागि इजरायलसँग जोडिएको सीमा इलाकाका कयौं स्थानमा प्यालेस्टिनीहरु टेन्ट टाँगेर बसेका छन्। हिंसात्मक झडपछि राष्ट्र संघ सुरक्षा परिषद्ले इजरायललाई संयम राख्न अपिल गरेको छ। इजरायलले अवरोध नाघ्न खोज्नेलाई मात्र निसाना बनाइएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्