जिफन्ट अध्यक्षमा श्रेष्ठ



 

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा विनोद श्रेष्ठ निर्वा्चित हुनु भएको छ ।

सातौँ राष्ट्रिय महाधिवेशनले आज श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वा्चित गरेको हो ।

चार वर्षे कार्यकालका लागि श्रेष्ठले अर्का प्रतिस्पर्धी विष्णु लम्सालसँग गोलाप्रथामा पराजित गर्दै निर्वा्चित हुनु भएको हो । दुवैजनाको समान १९१ मत आएपछि गोलाप्रथाबाट श्रेष्ठ अध्यक्षमा निर्वा्चित हुनुभएको वर्तमान उपाध्यक्ष जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

लम्साललाई अनुशासन आयोगको अध्यक्ष बनाइएको छ । यसैगरी उपाध्यक्षमा विदुर कार्की, जितेन्द्र श्रेष्ठ, रमेश वडाल, मन्जु थापा, मीना गुरुङ, दीपक पौडेल, कमल गौतम र गुणराज आचार्य रहनुभएको छ ।

यस्तै, महासचिवमा जनक चौधरी, उपमहासचिवमा गीता कार्की र दिनेश राई निर्वा्चित हुनु भएको छ । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग’ भन्ने नाराका साथ यही चैत १४ गतेदेखि महाधिवेशन काठमाडौँमा शुरु भएको थियो ।

महाधिवेशनमा ४१२ प्रतिनिधिसहित २० देशका ४८ जनाको सहभागिता रहेको थियो । जिफन्टमा चार लाख ४० हजार सदस्य आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्