खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मीलार्इ कार्बाही



काठमाडाैँ । स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी योजना र गृहकार्य गरिरहेको बताएकी छिन । शनिबार लुम्बिनी अञ्चल अस्पताल वुटवलामा अायोजित कार्यक्रममा मन्त्री अर्यालले  स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी ठोस योजना निर्माण गर्न लागेको जानकारी दिइन ।

मन्त्री अर्यालले सरकारले खटाएको ठाउँमा गएर काम नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीलार्इ कार्बाही गर्ने चेतावनी दिइन । उनले सबै सरकारी स्वास्थ्य संस्थाले १० बजेदेखि ५ बजेसम्म सेवा दिनेगरी व्यवस्था मिलाउन लागेकाे बताइन ।

मन्त्री अर्यालले सरकारी अस्पतालहरुमा शल्यक्रिया गर्दा भैरहेको ढिलाइको समस्यालाई अब दुई शिफ्ट गरेर संचालन गर्ने पनि बताइन । उनले स्वास्थ्य क्षेत्रकाे  विकृति न्यूनिकरण गरी सरकारी सेवालार्इ सर्वसुलभ र भरपर्दो बनाउने प्रतिवद्धता जनाइन ।

प्रतिक्रिया दिनुहोस्