प्रधानमन्त्रीले भारत भ्रमणमा कलाकारलाई सहभागी गराउने



नेपाल र बलिउड कलाकारसँग एकसाथ अन्र्तक्रिया

फान अवार्डलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले २३ गते हुन लागेको आप्mनो भारत भ्रमणमा कलाकारलाई पनि सहभागी गराउने बताए।

भ्रमणका क्रममा २४ गते भारतका कलाकारहरुसँग भेटघाट र डिनर कार्यक्रम राखेको खुलाउँदै ओलीले भारतिय कलाकारलाई नेपालमा सुटिङका लागि आउन आब्हान गराउने बताए।

‘म त्यहाँ भन्नेछु रमाइलो गर्न संसारको जुनसुकै देशमा जानुस् तर सुटिङ गर्न नेपाल आउनुस्, किनभने नेपाल सुन्दर छ भन्छु प्रधानमन्त्री ओलीले कार्यक्रमलाई उत्साहित बनाउँदै भने, ‘उहाँहरुको क्यामरा जतिसुकै राम्रो भए पनि क्यामेराले खिच्न ठाउँ पनि त सुन्दर हुनु पर्यो नि। खिच्नको लागि व्याग्राउण्ड राम्रो छैन भने जस्तोसुकै क्यामरा भए पनि के काम?
प्रधानमन्त्री ओलीले २ वर्षअगाडि प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा रहेका बेला बलिउड कलाकारलाई भेटेर सुन्दर फिल्म सुटिङ गर्ने हो भने नेपाल भन्दा उपयुक्त भ”मि कहीँ नभएको जानकारी गराएको स्मरण गर्दै भारत भ्रमणबाट फर्केलगत्तै नेपाल र भारतका कलाकारलाई नेपामलमा सँगै राखेर नेपाली फिल्म इन्डस्ट्री र भारतीय फिल्म इन्डस्ट्री कसरी सँगसँगै अगाडि जान सकिन्छ भनेर अन्तक्र्रिया गर्ने पनि बताए।

ओलीले ग्ल्यामरको नाममा हुने प्रदर्शनतर्पm कटाक्ष गर्दै थपे ‘यहाँ कथाले मागेको भन्ने चलन छ। तर कथाले भन्दा पनि देश र समयले मागेको विषयमा फिल्म बनाउनुसु। देशले नमागेको कथाले माग्यो र कथाले नमागेको ग्ल्यामरले पस्कियो भने कस्तो कस्तो लाग्छ। देशले मागेको कथा, कथाले मागेको अभिनय र अभिनयले मागेको ग्ल्यामर फिल्ममा राख्नुस्। कलाकारले मागेअनुसार सरकार गच्छेअनुसार सहयोग गर्न तयार छ।

प्रधानमन्त्री ओलीले नेपाल विश्वकै फिल्म हव बन्ने सक्ने चर्चा गर्दै भारतिय फिल्म उद्योगसँग नेपालमा फिल्म उद्योगको विराट सम्भावनाबारे बृहत छलफल गर्ने घोषणा समेत गरे।

ओलीले ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रस्तुतिमा
अभिनयमात्र नभई सामाजिक सन्देशसमेत हुने उल्लेख गर्दै थपे ‘नेपाली कलाकारहरुले पनि ओस्कार अवार्ड पाउन अब धेरै कुर्नु पर्दैन।ु

सधैंभैmँ आप्mनो भनाई राख्ने क्रममा हस्यौली र रसिक शैलीमा प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ‘नेपाल हेण्डसम र ब्यटीफलहरुको देश हो।

प्रतिक्रिया दिनुहोस्