तीन साप



प्रहरी महानिरीक्षक नियुक्तिको समय आएपछि पत्रकारहरू विभाजित हुने गरेको दृश्य धरहराबाट दशकौंदेखि देख्दै आएको हो।

यही चैत २८ गतेबाट अवकास पाउँदै गरेका प्रकाश अर्यालपछि नयाँ आईजीपीमा को हुने भन्ने चर्चाले अहिले शिखर छोएको छ।

अहिले आईजीपीमा ३ जना उम्मेदवार खडा भएका छन्। जबजब आईजीपी विवादले उग्ररूप लिन्छ पत्रकार महोदयहरू विभाजित भएको दृश्यले भने धरहरालाई काउकुति लाग्ने गरेको छ।

सर्बेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको चर्को प्रतिस्पर्धा चलेको छ। मुलुकमा विधिको शासन भएको भए यस्तो स्थिति आउने थिएन। तर मुलुक जर्जर अवस्थामा रहेकाले आईजीपीका बारेमा विभिन्न टिका टिप्पणी हुने गरेको दृष्यले भने धरहरालाई कुतकुती लागेर आएको छ।

विधिको शासन भएको भए १ नम्बरमा रहेका डीआईजी सर्बेन्द्र खनाललाई दिनुपर्नेमा रमेश खरेल म आईजीपी भइसकें भन्दै डङका पिट्दै हिंड्ने, पुष्कर कार्की छिर्के हान्ने काम गरेको भन्दै २ बटुवाले कुरा काटेको सुनेपछि धरहरा उत्तानोटाङ परेर लडेको छ। हैन जो भए पनि विधि र प्रकृयाअनुसार भए भइगो नि भन्या।

एकले अर्कालाई दोष लगाएर नराम्रो हुनुभन्दा त कुन्नि के गर्नु नै वेश होला भन्ने सुझाव छ, तीनैजना सापहरूलाई।

प्रतिक्रिया दिनुहोस्