भलिबल खेलाडीलाई छात्रवृत्ति



काठमाडौं, (नेस)
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले ३ भलिबल खेलाडीलाई छात्रावृत्ति प्रदान गरेको छ। १ वर्षे छात्रवृत्ति पाउनेमा सरस्वती चौधरी, रेश्मा भण्डारी र कामना विष्ट रहेका छन्।

उनीहरू प्रत्येकले महिनाको २ हजारका दरले १ वर्षका लागि छात्रावृत्तिबापतको नगद २४ हजार प्राप्त गर्नेछन्।

आगामी वर्ष पनि प्रतिष्ठानले छात्रावृत्तिलाई निरन्तरता दिने अध्यक्ष खड्काले बताए।

उनीहरूलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, लायन्स क्लब लर्डबुद्धका अध्यक्ष विष्णु भण्डारीले चेक हस्तान्तरण गरेका थिए।

गत वर्ष प्रतिष्ठानले प्रतिभा माली, कृपा अधिकारी र अरूणा शाहीलाई २ वर्षका लागि छात्रवृत्ति प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्