रुस र अमेरिकाको दाबी



मस्को/वासिङ्टन, (एजेन्सी)

युद्धग्रस्त सिरियामा इस्लामिक स्टेट र अन्य विद्रोही समूह प्रायः पराजित भइसकेकोले रुस र अमेरिका दुवैले सिरियामा आफ्नो अभियान पूरा भएको जनाएका छन्। दमास्कसको पूर्वी उपनगर गाउतामा मस्को समर्थित सिरियाली सेना र उसका सहयोगी विद्रोही बल तथा जिहादी समूहको मेलमिलाप सहमति भएको छ। यसैबीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोवाले सिरियाली राजधानीनजिकै ‘आतंकवादीविरुद्धको कारबाही’ करिब पूरा भएको सरकारी समाचार एजेन्सी आरआईए नोबोस्टीलाई बताएकी छिन्। त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने योजनाको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्