सम्पादक पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
मुस्लिमहरूको एक समूहले एकजना जैन धर्मावलम्बी भिक्षुलाई आक्रमण गरेको भनी झुठो समाचार प्रकाशित गरेको अभियोगमा एउटा भारतीय वेबसाइटका सम्पादकलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ। विवादास्पद दक्षिणपन्थी वेबसाइट पोस्टकार्ड न्युजमा महेश हेगडे नामक ती सम्पादकले भिक्षुको टाउको र काँधमा चोटपटक लागेको तस्वीरसमेत सार्वजनिक गरेका थिए। तर अनुसन्धानपछि दक्षिणी बैंग्लोर शहरका प्रहरीले ती भिक्षु एउटा सडक दुर्घटनामा घाइते भएको पुष्टि गरेको छ। भारतमा झुठो खबर छाप्नेविरुद्ध कुनै कानुन नभए पनि धार्मिक सद्भावमा खलल पुर्याउनुलाई अपराध मानिन्छ।

प्रतिक्रिया दिनुहोस्