पत्रकारलाई अभियोग



सिड्नी, (एजेन्सी)
नक्कली सञ्चार परिचयपत्र प्रयोग गरी ८ जना मानिसलाई अवैध ढंगले अस्ट्रेलिया प्रवेश गराएको देखिएपछि एक भारतीय पत्रकारलाई बिहीबार मानव तश्करको अभियोग लगाइएको छ। उनको सहयोगमा अस्ट्रेलियाको ब्रिस्वेन विमानस्थलमा आइपुगेको भारतीय टोलीले आफूहरु कमनवेल्थ गेम्सको समाचार संकलन गर्न आएको बताएको छ। वैधानिक प्रेसपास बोकेका ती भारतीय पत्रकार मानव तश्कर अभियोगमा दोषी ठहर भएको खण्डमा २० वर्ष लामो कारगार सजाय भोग्नुपर्ने बताइएको छ। आगामी ४ देखि १५ अप्रिलसम्म अस्ट्रेलियाको गोल्ड कोस्टमा कमनवेल्थ गेम्सको आयोजना हुँदै छ।

प्रतिक्रिया दिनुहोस्