राष्टपति भण्डारीद्धारा देशबासीको नाममा सम्बाेधन



काठमाडाै । राष्ट्रपति  विद्यादेवी  भण्डारी संघीय संसदबाट देशबासीले नाममा  सम्बाेधन गर्नु भएकाे  छ । राष्ट्रपति  भण्डारी सम्बाेधन  गर्न दिउँसाे ४ बजे संसदमा प्रवेश गर्नु  भएकाे हाे ।

राष्ट्रपति भण्डारीले देशबासीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गरेको सरकार, तथा सुरक्षाकर्मी र कर्मचारी लगायत सबैलाई धन्यवाद समेत दिनु भयो ।

दोस्रो पटक राष्ट्रपति बन्नु भएका भण्डारीले संघीय संसदमा पहिलो पटक संबोधन गर्नु भएको हो ।

भण्डारी फागुन २९ गते दोस्रो पटक राष्ट्रपति निर्वाचित हुनु भएको थियो ।

निर्वाचन सम्पन्न भएपछि जनताले बनाएको संविधान पूर्ण रुपमा कार्यान्वन भएको उल्लेख गर्नु भयो ।

‘निर्वाचनबाट जनताले हामीलाई ‘समृद्ध नेपाल र सुखी नेपालीको दायित्व पुरा गर्ने अभिभारा सुम्पेका छन्’ राष्ट्रपतिले भन्नुभयो, ‘हामीले त्यो दायित्व पुरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्