प्रहरीले उजुरी दर्ताबिनै धम्क्याएर क्षतीपूर्ति तिराएको कृका निर्माताको अरोप



रश्मी थापा, काठमाडौँ ।

कृ नामक फिल्मका निर्माताले विना कागजात र उजुरी नै प्रहरीले धम्क्याएर आफुलाई ११ लाख रुपियाँ तिराएको बताएका छन् ।

२०४३ सालमा बनेको सम्झना नामक पूरानो फिल्मका निर्माता निर्देशक शम्भु प्रधानले आप्mनो चलचित्रको उकालीमा अघि अघि बोलको गीत चोरी गरेको उजुरी दिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुले मंगलबार एक रात थुनामा राखी निर्देशक प्रधानलाई बुधबार ११ लाख रुपियाँको चेक दिन लगाएपछि मुक्त भएका निर्माता सुवास गिरीले बिहीबार राजधानीको नयाँ वानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गरी प्रहरीले धम्क्याएर जर्बजस्ती रकम दिन लगाएको आरोप लगाए। उनले परिसरले छलफलका लागि भनेर बोलाएकोमा पटकपटक आपैmँ सम्पर्क गरी प्रहरीकहाँ जाँदै आएपनि मंगलबार समेत छलफलकै लागि जाँदा अपहरणको शैलीमा थुनामा राखेको बताए।

‘शम्भु प्रधान दाईले उजुरी गर्नु भएको छ भनेर खबर आएपछि पटक पटक म आपैmँले सम्पर्क गरेर परिसर गएको थिएँ। मंगलबार पनि छलफलकै लागि भनेपछि केही बेर शम्भु दाई बाहिर गएकाले क्यान्टिनमा बसेर चिया खाईरहेको बेला सादा पोशाकका प्रहरीले एकै छिन आउनुस् भनेर लगे। पछि अहपहरणको शैलीमा कस्टडीमा लगेर राखियो’ पत्रकार सम्मेलनमा गिरीले भने ‘पछि आईजी सापले राख्नु भन्नु भएकाले आज केही हुन सक्दैन भनियो। मेडिकल गर्न लाँदा अरु अपराधीलाई जस्तै मलाई पनि हातमा हतकडी लगाएर लगियो।

हतकडी लगाएर कस्टडीमा राख्नुपर्ने मेरो के अपराध थियो? हिजो शम्भु प्रधानले प्रहरीकै अगाडि २१ लाख रुपियाँबाट बार्गेनिङ शुरु गर्नुभयो र ११ लाख रुपियाँमा मान्नुभयो। शम्भु दाईसँगै डिएसपी एसपी सापले नै ११ लाख रुपियाँ दिनु नत्र २४ दिन कस्टडीमा बसेर मुद्या लड्नु भनेर धम्क्याउनुभयो। आजसम्म जेल नदेखेको मान्छे म आत्मसम्मानको लागि ५० लाख पनि तिर्न तयार थिएँ। आत्मसम्मानको अगाडि ११ लाख रुपियाँ ठुलो कुरा मानिनँ। र ११ लाखको चेक दिएपछि मिलापत्र गरेर पठाइयो।’

गिरीको आक्रोशयुक्त प्रश्न थियो ‘संसारमै कुन देशमा प्रहरी कार्यालयमा मिलापत्र हुन्छ? नेपालको प्रहरीले मिलापत्र गराउने र लेनदेन गराउने नियम कहाँ छ? फेरि त्यो फिल्म शम्भु प्रधानको हो भन्ने पुष्टि गर्ने कागजात माग्दा त्यो समेत हेर्न दिइएन। भोली सम्झना मेरो फिल्म हो, त्यसको राइट्स मसँग छ, मलाई क्षतीपूर्ति चाहियो भनेर अरु कोही आयो भन्ने मैले अर्कोलाई पनि पैसा तिर्नुपर्ने हो? उजुरी दर्तै नगरी मलाई कुन कानुनलाई टेकेर क्षतीपूर्ति तिराइयो? पहुँच भयो भने नेपालको प्रहरी प्रसाशनले जस्तो जे कारवाही गरे पनि हुने हो?

संगीतकारले गरेको कामको सजायको भागिदार म कसरी हुन गएँ? अर्का निर्माता भुवन केसी दाईले शम्भु प्रधानसँग अगाडि नै पटक पटक कुरा गर्दा तिमी बिचमा पर्दैै नपर भन्नुले उहाँले सुवास गिरी सोझो छ, योसँग पैसा छ भनेर असुल्ने नियत उहाँको देखियो।’ उनले भने ‘यती सबै बोलेपछि मलाई प्रहरीले फेरि पनि थुन्न सक्छ। तर म अन्यायबिरुद्ध लड्छु र कानुन व्यवसायीहरुसँग परामर्श गरेर कानुनी लडाईंमा जान्छु। प्रहरी प्रशाषन, राज्य र शम्भु प्रधानविरुद्ध कानुनी लडाईं लड्छु।’

कृका अर्का निर्माता भुवन केसीले संगीतकार रनजीत गजमेरले सम्झना फिल्म खेल्नका लागि बम्बई बोलाएपछि गएको र शम्भु प्रधानको काम देखेपछि तपाईंहरुजस्तो मान्छेको नेपालमा खाँचो भनेर बोलाएको स्मरण गर्दै उनीजस्तो निर्देशक आप्mनो फिल्मको गीतको केही अंशमा नयाँ कलाकारलाई देख्दा खुशी हुन्छन् भन्ने लागे पनि प्रहरी लगाएर थुनाउने र पैसा असुल्ने हरकतले आश्चार्यचकित भएको बताए।

‘यो फिल्म सुवास गिरीले बनाउने भएपछि चलचित्र विकास बोर्डमा उहाँको नाममा दर्ता भयो। पछि आन्तरिक सम्झौता गरेर म पनि निर्मातामा थपिएँ। सम्झनामा मेरो पनि योगदान छ। त्यो हिसाबले सम्झनाको त्यो गीतको २/४ लाइन, ३० सेकेण्ड जति हामीले प्रयो गयौँ।

गीतको थोरै अंश प्रयोग गरे पनि अनुमति लिनु पर्छ भनेर यसको राइट्स कोसँग छ भनेर बुभ्mदा म्युजिक नेपालसँग रहेको थाहा भएपछि सन्तोष शर्मासँग कुरा ग¥यौँ’ भुवनले भने ‘उहाँले मेरो केही अब्जेक्सन छैन भन्नु भएकाले फिल्ममा राख्यौँ। फिल्म हेर्न प्रिमियरमा पनि बोलायौँ। मलाई लागेको थियो आप्mनो फिल्मको गीतमा नयाँ कलाकारलाई देख्दा उहाँ खुशी हुनुहुन्छ। तर उहाँ त पुलिस लगाएर थुनाउने र पैसा असुल्नेतिर लाग्नुभयो। उहाँले मागेको भए २० लाख रुपियाँ पनि दिन्थ्यौँ। तर १० लाखमै आप्mनो औकात सक्काउनुभयो।’

प्रतिक्रिया दिनुहोस्