सरकारको निर्णयः वर्षभरीमा १६ दिन सार्वजनिक विदा, दशैँ विदा जम्मा ५ दिन



नेपाल समाचारपत्र, काठमाडौँ ।
मन्त्रिपरिषदको बुधबार बेलुका बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिएको थियो । तर, २०६२६३ को जनआन्दोलन पछि राष्ट्रिय एकता दिवस मनाउन छाडियो ।तर , केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको हो ।

असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ–आफ्नो हिसाबले मनाइने भएको छ । तर त्यस दिन सार्वजनिक विदा भने नहुने सरकारी निर्णय छ ।

यससँगै विजाया दशमीको विदामा पनि तीन दिन थप कटौति गरिएको छ । पहिला घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक हुने र्गथ्यो तर अहिले भने सो तिन दिनको विदा काटिएको छ ।
अव दशैं विदा फूलपातिदेखि एकादशीसम्म ५ दिन मात्र हुने सरकारको निर्णय छ ।

साथै पहिलादेखि नै हुने गरेका पर्वहरु जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा पनि कटौती गरिएको छ ।

विदा कटौतिको निर्णसँगै सरकारले अब समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र विदा दिने निर्णय गरेको छ ।त्यसैले अब ल्होसार, क्रिसमस, छठ, माघी, इद जस्ता फरक समुदाय र फरक जातीका आफ्ना आफ्नै समुदायमा सार्वजनिक विदा पाइने सरकाले निर्णय गरेको छ ।

सरकारको यस्तो निर्णय सँगै अब नेपालभर वर्षभरीमा ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदा गरेर ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुने सरकारी निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्