सीता राम दुधको नयाँ विक्रिकेन्द्र संचालनमा



नेपाल समाचारपत्र, काठमाडौँ ।
सीता राम दूध प्रालिले काठमाडौको कुलेश्वरमा पहिलो विक्रिकेन्द्र संचालनमा ल्याएको छ ।

यसअघि अन्य विक्रेतलाई मात्रै दूध विक्रि वितरण गर्दै आएको सीता रामको पहिलो विक्रि केन्द्रको कलाकार दिपाश्री निरौला र जितुनेपालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा कलाकार दिपाश्री निरौलाले कुलेश्वरमा खुलेको केन्द्र पहिलो भएपनि यसले उपभोक्तालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझ बढी ठाउँमा विक्रि केन्द्र खोलेर सेवा विस्तार गरेमा झनै राम्रो हुने सुझाव दिनुभयो ।

यसैगरी जितु नेपालले अधिकांश नेपालीहरु क्रमश स्वास्थ्य प्रति सचेत हुँदै गएको र दूग्ध जन्य पदार्थमा उपभोक्ताहरु बढ्दै गएकाले बजारको माग अनुसार स्वस्थर गुणस्तरिय सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

२४ बर्ष अघि स्थापना भएको सीता राम दूध डेरीले पछिल्लो समय नेपाली बजारमा दूधको माग बढ्दै गएकोले विक्रि केन्द्र खोलेर सेवा दिनु सुरु गरिएको सीता राम गोकुल मिल्सका प्रबन्ध निर्देशक सुमित केडियाले बताउनुभयो ।

उहाँले बजारमा अश्वस्थ प्रतिस्पर्धा भएकै कारण आफूहरु पनि विक्रि केन्द्र खोलेर बजारमा आएको प्रष्ट पार्दै भन्नुभयो हामी ‘आगामी दिनमा काठमाडौका हरेक मुख्य मुख्य स्थानमा विक्रिकेन्द्र खोल्ने सोँचमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्