संसारकै उत्कृष्ट नोटको सुचीमा नेपालका तीन ओटा नोट र एउटा सिक्का



काठमाडौँ । नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै सुन्दर अाकृति भएकाे नोटको सुचीमा परेको छ । बेलायतबाट प्रकाशित हुने बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ ५ रुपैयाँ र ५ सय रूपैयाँ नाेटलार्इ संसारका सबैभन्दा सुन्दर नाेटकाे सूचीमा राखेकाे हाे । टेलिग्राफले नेपाली पैसामा भएकाे अनाैठाे अाकृतिका अाधारमा २ रुपैयाँकाे सिक्कालाई पनि संसारकै उत्कृष्ट करेन्सकिो सूचीमा राखेको छ । संसारका बिभिन्न २२ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का पनि सूचीमा परेको हो । नेपाली एक रूपैयाँकाे नाेटमा कुद्दै गरेका २ अाेटा मृगका बच्चाकाे तस्बिर छ भने ५ रूपैँमा दुर्इ अाेटा चाैरी गार्इ र पाँच सयकाे नाेटमा एक जाेडी पाटे बाघकाे चित्र छ । दुर्इ रूपैँयाकाे सिक्कामा भने एकपट्टी जाेत्दै गरेकाे किसान र अर्काेपट्टी सगरमाथाकाे चित्र अङ्कित छ ।

उत्कृष्टकाे सूचीमा परेका नेपाली रूपैँया 

कुन कुन छन् उत्कृष्टको सूचीमा

बैंक अफ इङ्गलैण्डकाे १० पामउण्ड, फ्रान्सकाेे ५० फ्रान्ची, अस्ट्रेलियाकाे ५ डलर, न्युजील्याण्डको ५ डलरको नोट, काजकिस्तानको १००० टेन्गे नोट, स्वीट्जरल्याण्डको ५० फ्रान्क नोट, माल्दिभ्सको १००० रुफियाना नोट, बर्माको १ क्याट नोट, बर्मुडाको २ डलरको नोट र केही अन्य देशका नोट पनि सूचीमा छन् । टेलिग्राफको उक्त सूचीमा चेक रिपब्लिक, मेक्सिको, इजिप्ट, नामिबिया, सामोआ, युगाण्डा, ट्रिनिडाड एण्ड टोबागोको पैसा पनि रहेका छन् ।  सबै नाेट तथा सिक्काकाे तस्बिर हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्