कञ्चनपुरमा पहिलो पटक जल साप्ताह



हरकसिह धामी, कञ्चनपुर ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार कञ्चनपुरमा नेपाल राष्ट्रिय जल सप्ताह २०१८ को अवसरमा पानीको लागि प्रकृति विषयक सेमिनार आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जिवराज पोखरेलको सभापतित्योमा संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं. ७ का उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले कुरा बढी गर्ने र काम कम गर्ने प्रवृत्तिका कारण प्रदेश नं. ७ विकासमा पछाडी परेको बताउदै यहाँको विकासका लागि स्थानीय श्रोत र साधनको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा बाल्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका अपिसर भोजराज भट्टले खानेपानिको उचित उपयोग नभएको भन्दै पानिको उपयोग भएको खण्डमा देशले आर्थिक विकासमा महत्तवपुर्ण भुमिका रहने बताउनुभयो ।

७ नं. प्रदेश जल र अन्य प्रकृतिकले धनि भए पनि त्यसको उपयोग नभएको कारण पहिलो पटक उपत्यका बाहिर ७ नं. प्रदेशका कञ्चनपुरमा सप्ताहरुपमा जल सप्ताहको आयोजना गरीएको पनि भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य दिपक प्रकाश भट्टले पानी सम्बन्धि देखिएका समस्याहरुलाई सामाधान गर्नु आजको आवश्यकता भएको र विज्ञानलाई व्यवहारमा उतार्न सके मात्र विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

भट्टले विज्ञानको क्षेत्रमा अन्वेषण गर्न बजेटको लागि समेत पहल गर्ने बताउनुभयो । सेमिनारले पानी र प्रकृतिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्