राष्ट्रपतिको संघीय संसदमा आज पहिलो सम्बोधन, बग्गीमा चढेर भण्डारी संसद जाँदै



काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै छिन । संसद भवनमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन ।

संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था अनुसार भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । राष्ट्रपतिको सम्बोधनको ब्यहोरा बुधबारको मन्त्रिपरिषद बैठकले अनुमोदन गरि राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा चढेर प्रवेश गर्ने र उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्