रूपा टिचर आइकन अफ द इयर



एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातदोबाटाको प्रिमियर स्कुलकी शिक्षिका रूपा लामाले टिचर आइकन अफ द इयर २०१८ को उपाधि चुमेकी छिन्। उनी बेस्ट डिसिप्लेन उपउपाधिसहित टिचर आइकन अफ द इयर २०१८ चुनिएकी हुन्।

प्रतियोगितामा काजोल खेतान बेस्ट स्माइल र मस्ट डिजर्भिङका साथ फस्ट, प्रेरणा अधिकारी मस्ट क्रियटिभका साथ सेकेन्ड तथा होलिना सापकोटा मस्ट फोटोजेनिकका साथ थर्ड रनर्सअप भएकी छिन्।

प्रतियोगितामा रश्मी तण्डुकार मस्ट पपुलर, सृजना श्रेष्ठ मस्ट ब्युटिफुल, सपना खतिवडा मस्ट पर्पेmक्ट, सुमित्रा श्रेष्ठ मस्ट क्याटवाक र बेस्ट हेयर, विनीता कपाली बेस्ट स्किन, सुशीला मानन्धर मस्ट पंचुयल, समिका सहानी बेस्ट पर्सनालिटी, सुविता कपाली मस्ट ट्यालेन्ट, सनिका श्रेष्ठ मस्ट एक्टिभ र फेसबुक च्वाइस तथा लक्ष्मीदेवी महर्जन मस्ट पोजिटिभ एटिट्युड भएका छन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट इन्टरनेसनलका सीईओ रमेश सिलवाल, नायिका खुश्बु खड्का, मिसेस नेपाल इन्टरनेसनल सुरुचि पाण्डे, पत्रकार सूर्य चन्द र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाहरूमा अन्तरनिहित प्रतिभा र क्षमताको उजागर गर्न प्रतियोगिता आयोजना गरिएको एएनपी मिडिया हाउका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्