सरकारी बिदा कटौती, ५७ हजार कर्मचारीलाईलाई स्थानीय निकायमा पठाइने



काठमाडौ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले ५७ हजार कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । बैठकले प्राविधि र प्रशासनिक क्षेत्रका गरी ५७ हजार कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको हो । त्यसरी स्थानीय तहमा जाने कर्मचारीमा श्रेणी बिहीन भने समावेश नभएको सरकारका प्रवक्ता सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी ऐन २०७४ पास गरेको छ । मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ ।
त्यस्तै बैठकले २०७५ सालको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताउनुभयो । २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुने पनि राज्यमन्त्री बास्कोटाले जानकारीदिनुभयो ।

प्रतिक्रिया दिनुहोस्