दुई करोड आवेदक



नयाँदिल्ली, (एजेन्सी)
करिब १ लाख रोजगारका लागि गरिएको विज्ञापनका लागि भारतको सरकारी रेलवेमा २ करोडभन्दा बढी संख्यामा आवेदन परेको मंगलबार रेलवे मन्त्रालयका एक अधिकारीले बताएका छन् । विज्ञापन गरिएका पदहरुका लागि आवेदन गर्ने म्याद शनिबारसम्म रहेकाले आवेदकको संख्या अझै बढ्ने अनुमान गरिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । रेलवे प्रहरी, ड्राइभर र प्राविधिकहरुको पदका लागि अनलाइनमार्फत १५ वटा भाषामा परीक्षा लिइने बताइएको छ । भारतमा करौंडौ शिक्षित जनता बेरोजगार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्