बलात्कारको पीडा सहन नसकेर आत्महत्याको प्रयास



काठमाडौं, (नेस)
बलात्कारको पीडा सहन नसकेर काठमाडौंमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन्। ८ महिनाअघि बलात्कारको शिकारमा परेकी ती युवतीले न्याय नपाएको भन्दै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।

गत साउन ११ गते सिनामंगलमा रहेको सिरहाली गेस्ट हाउसमा कार्यरत २२ वर्षीया युवतीले बिष सेवन गरेर आत्महत्या गर्न खोजेपछि प्रहरीले बलात्कारी युवाको खोजीलाई तीव्र बनाएको थियो। प्रहरीले लामो प्रयासपछि ती युवतीलाई बलात्कार गर्ने युवा सुधीरकुमार कापरलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। उनलाई जबरजस्ती करणीमा मुद्दा चलाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्