क्यान्सर कोषलाई फैलिन नदिने प्रोटिन पत्ता लाग्यो



लन्डन, (एजेन्सी)
शरीरमा विशेष अंग कलेजोमा अनियन्त्रित क्यान्सरजन्य कोष फैलिनबाट रोक्न वैज्ञानिकहरूले एक विशेष प्रकारको प्रोटिन पत्ता लगाएका छन्। क्यान्सर निरोध उक्त प्रोटिनलाई एलएचपीपी नाम दिइएको छ। नेचर नामक जर्नलमा प्रकाशित उक्त शोधमा एलएचपीपी लिभरको क्यान्सर पहिचान तथा निदानमा बायोमार्कर अर्थात् जैविक स्थितिको परिचायक हुनसक्ने बताइएको छ।

सामान्यतया कलेजोको क्यान्सरको पहिचान ढिला गरी हुने गरिएको छ। त्यतिबेलासम्म क्यान्सर रोग जटिल स्थितिमा पुगिसकेको हुन्छ। कलेजो गम्भीर रूपमा क्षतिग्रस्त भइसकेको हुन्छ। यस्तोमा रोगको निदान कठिन हुने गर्छ।

वैज्ञानिकहरूले क्यान्सर रोकथाम गर्ने यस प्रोटिनबाट चिकित्सकहरूले राम्रो उपचारको विकल्प पाउन सक्छ। शोधका लेखक स्विजरल्यान्डस्थित बासेल विश्वविद्यालयका अनुसन्धानकर्ता स्रावन्त हिन्दुपुरले भने– ‘यो रोचक कुरा हो, एलएचपीपी स्वस्थ तन्तुमा हुने गर्छ तर ट्युमर भएको तन्तुमा पटक्कै हुँदैन।’

प्रतिक्रिया दिनुहोस्