६० रुसी निष्कासित



वासिङ्टन, (एजेन्सी)
अमेरिका र एक दर्जनभन्दा बढी युरोपेली मुलुकले सोमबार रुसी कूटनीतिज्ञलाई निष्कासित गरेका छन्। ट्रम्प प्रशासनले सियाटलस्थित रुसी कन्सुलेट बन्द गर्न आदेश दिएको छ। यो बेलायतमा एक पूर्व गुप्तचरमाथि भएको विषादी आक्रमणमा मस्को संलग्न रहेको आरोपमा पश्चिमी देशले संयुक्त सजायका लागि चालेको कदम हो। रुसी जासुस ‘अस≈य उच्च संख्या’मा रहेको जनाउँदै ट्रम्प प्रशासनले ६० कूटनीतिज्ञलाई निष्कासन गरेको हो। ती सबै रुसी गुप्तचर एजेन्ट कूटनीतिज्ञको आवरणमा काम गरिरहेको अमेरिकाले जनाएको छ। उक्त समूहमा संयुक्त राष्ट्रका लागि रुसी मिसनमा खटिएका एक दर्जन अधिकारी पनि परेका छन्।

प्रतिक्रिया दिनुहोस्