बाइडुको स्वचालित गाडी



बेइजिङ, (एजेन्सी)
यसैहप्ता चीनको आफ्नै गुगल अर्थात् सर्च इन्जिन कम्पनी बाइडु कर्पोरेसनले बेइजिङको उपनगरहरूमा स्वचालित गाडीको परीक्षण शुरू गरेको छ। चीनले स्वचालक अर्थात चालकविहीन प्रविधिमा अन्य देशसँग प्रतिस्पर्धा चाहेको छ। बाइडुको यो कदमले समयअनुसारको अत्यन्त उपयुक्त प्रविधिलाई सहयोग पुर्याउने संकेत दिएको बताइएको छ। बाइडुको स्वचालित प्रविधिलाई एपोलो २.० नाम दिइएको छ। यस गाडीमा दिन वा रात जस्तोमा पनि आधारभूत शहरी वातावरणलाई नेभिगेट गर्ने क्षमताबाट कम छ। बाइडुले ६५ माइल सडकमा आफ्नो चालकरहित गाडी परीक्षणका लागि अनुमति पाएको छ।

प्रतिक्रिया दिनुहोस्