जिउँदै जलाइए



गुवाहाटी, (एजेन्सी)
भारतको आसाम राज्यको नगाँउ जिल्लामा ५ कक्षामा पढ्ने एक १२ वर्षीय बालिकालाई ३ जना केटाले सामूहिक बलात्कार गरेको बताइएको छ। बलात्कारपछि उनीहरूले बालिकालाई मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। पीडितको ९० प्रतिशत शरीर जलेको र राति उनको मृत्यु भएको प्रहरीले जानकारी दिए। प्रहरीले उक्त घटनामा संलग्न २ अभियुक्तलाई पक्राउ गरिसकेको छ। ती दुवै अभियुक्त नाबालिक हुन्। घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको र यस घटनालाई लिएर गाउँमा आक्रोश व्याप्त रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्