शुरु भयो एचएसके अनलाइन परीक्षा



नेपालमा चिनीयाँ भाषाको एचएसके अनलाइन परीक्षाको शुरुआत भएको छ। पेपरमा मात्रै शुरू हुने यो परीक्षा अब पहिलो पटक अनलाइनबाट शुरू गरिएको छ। कन्फ्युिसयस इन्टिच्युट बेजिङबाट लिइने यो परीक्षा कलंकीस्थित एलआरआई कन्फ्युसियर क्लासरुमले शुरू गरेको हो। यो परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले चाइनामा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। भाषाको समस्याका कारण चाइनामा मेडिकल, इन्जिनियरिङलगायतका विषय अध्ययन गर्न समस्या परेको अवस्थामा यस्तो परीक्षा शुरू भएको हो

अब चाइनामा अध्ययन गर्न जाने विद्यार्थीले यो परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। निजी कम्पनीले रोजगारीमा लगेकाबाहेक सरकारी तहबाट अध्ययन गरिने सबै विषयमा एचएसके परीक्षा उत्तीर्ण गर्नैपर्ने बाध्यकारी व्यवस्था छ।

नेपालका एचएसके टेस्ट एडमिनिटर प्रवीण महर्जनले विश्वमा आईईएलटीएस, टोफलजस्तै चीनमा अध्ययन गर्ने विद्यार्थीका लागि एचएसकेको त्यतिकै महत्व रहेको बताउनुभयो।

उहाँले चीनमा अध्ययन र रोजगारीमा जाने विद्यार्थीलाई भाषाको समस्या परेपछि अनिवार्यरूपमा भाषाको ज्ञान हासिल गराउन एचएसके परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो। एलआरआई कन्फ्युसियस क्लासरुमले हरेक महिना लेभल २ देखि ६ सम्मको परीक्षा सञ्चालन गर्ने जनाएको छ। बिदाको समय सदुपयोग गर्न परीक्षाको समय तोकिएको छ।

अहिले त नेपालीले मात्र होइन चाइनाकै विद्यार्थीले समेत एचएसके परीक्षा दिन थालिसकेको महर्जनको भनाइ छ। चीन अध्ययन गर्न जाने विद्यार्थीको सहजताका लागि परीक्षा सम्पन्न भएको १५ दिनमै परीक्षाफल प्रकाशित हुन्छ।

नेपालका विद्यार्थीको सहजताका लागि ६ सय ५० देखि ९ सयसम्म शुल्क कायम गरिएको छ। अनलाइनको माध्यमबाट लिइने परीक्षाको शुरुआत शनिबारबाट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्