आइएसका ती खुङ्खार लडाकु कहाँ छन् ?



काठमाडौँ । २०१६ मा इराकको सुरक्षा बलले आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनको गढ मुसललाई घेरेका थिए।

सहरको सडक र गल्ली कब्जा गर्न लडाइँ भइरहेको थियो। एकएक घरमा छापा मारिएको थियो। हिंसाबाट बच्न दसौँ हजार मानिस शहर छोडेर भागिरहेका थिए। थोरैथोरै गरेर इराकी सेनाले मुसललाई इस्लामिक स्टेटको हातबाट छुटाइसकेको थियो।

यो अन्त्य थिएन, सुरुवात थियो। शुरुवात थियो नयाँ लडाइ र संघर्षको। इस्लामिक स्टेटका तिनी लडाकुको खोजी भयो जो लडिरहेका थिए।
आखिर कहाँ गए बगदादी ब्रिगेड? इस्लामिक स्टेटलाइ धेरै मोर्चामा हार मिलेको छ। इराक र सिरियाबाट उसको कब्जा धेरै थोरै सकिएको छ।

एएफपी

सबै लडाकु कैदमा

प्रश्न यो छ कि आखिर अहिले इस्लामिक स्टेटका लडाकुको अवस्था कस्तो छ?

इस्लामिक स्टेटले धेरै बर्षसम्म इराकको एक ठूलो हिस्सामा राज गरेका थिए। यो समयमा आम मानिसलाई धेरै कष्टकर जीवन गुजार्नु परेको थियो। सार्वजनिक रुपमा कोर्रा हान्नेदेखि टाउको तथा हात काटियो।

अब इस्लामिक स्टेटबाट स्वतन्त्रता पाएपछि मानिसहरु न्याय मागिरहेका छन्। उनीहरु चाहन्छन् कि इस्लामिक स्टेटका लागि लड्नेहरुलाई खोजेर र छानेर मार्नु पर्छ।

इराकी सेनाले बगदादी ब्रिगेडका लडाकुको लिस्ट बनाएका छन्। र, देश भरिबाट खोजेर गिरफ्तार गरिरहेका छन्। गिरफ्तार गरिएका लडाकुलाई खाली रहेका भवनमा राखिएको छ।

अत्यन्तै अमानवीय अवस्थामा
ह्युमन राइट्स वाचकी विल्किस वल्लाका अनुसार इस्लामिक स्टेटसँग जोडिएका मानिसलाई अत्यन्तै अमानवीय हालतमा बन्दी बनाएर राखिएको छ।

यस्तै एक बन्दी घरको भ्रमणपछि उनले भनिन्, ४ गुणा ६ मिटरको सानो कोठामा ३०० भन्दा बढी मानिस राखिएको छ। ठाउँ यति कम कि कसैलाइ सिधा उभिन मुस्किल हुन्थ्यो। गर्मी यति धेरै कि शरीर बल्ने र गन्ध यति धेरै कि मानिस स्वास लिँदा नै मर्ने।

यो बन्दीगृहलाई चलाउनेले विकिल्सलाई बताए- गन्ध र गर्मीले ४ जनाको मृत्यु भइसक्यो।

इराकमा सुरक्षाबल र प्रशासन स्थानीय मानिसको सहयोगमा इस्लामिक स्टेटका लागि लड्नेहरुको पहिचान गर्ने गरिएको छ। र, पक्राउ गरेर अदालतमा उपस्थित गराइन्छ।

रोयटर्स

यसरी हुन्छ कार्बाही
स्थानीय जनताले कसैको बारेमा, यो बगदादी ब्रिगेडसँग जोडिएको थियो भनेमा बिना कुनै सवाल जवाफ उसलाइ पक्राउ गरिन्छ। विकिल्स भन्छिन्, ‘पक्राउपछि यातना दिएर उसलाई स्वीकार्न लगाइन्छ कि इस्लामिक स्टेटका लागि लड्थे भनेर।

धेरै मानिस बाध्यतामा यो स्वीकार गर्छन् कि ऊ बगदादी ब्रिगेडको हिस्सा थियो। जब कसैले स्वीकार्छ, ऊ इस्लामिक स्टेटको लागि लड्थ्यो, त्यसपछि उसलाई अदालतमा उपस्थित गराइन्छ। उसको बयानलाइ साँचो मानेर उसमाथि मुद्दा चलाइन्छ। सरकारद्वारा यी लडाकुलाई वकिलको सुविधा भने दिइन्छ।

तर, विल्किस बताउँछिन्, उनीहरुलाई यसो उसो गरेर मृत्युदण्ड सुनाइन्छ।

इस्लामिक स्टेटका लडाकु
लडाकु पनि यसलाई आफ्नो भाग्य मानेर स्वीकार गर्छन्। इराकमा दसौँ हजार इस्लामिक स्टेटका लडाकु कैदमा छन् जसलाई यस्तै मुद्दा चलाउन गइरहेको छ इराकी सरकार।

इराकमा ९ वर्षभन्दा कम उमेरका बच्चालाई पनि आपराधिक कानुन लागू हुन्छ। र, इस्लामिक स्टेटका यी कैदी लडाकुमा कयौँ बालक पनि छन्। सबैभन्दा कम उमरको आरोपीको उमेर मात्र १३ बर्ष छ।

लडाकुमाथि लगाएको आरोप सही नै भए पनि न्याय त उनीहरुलाई पनि नभएको बताइन्छ।

घर फर्किरहेका छन् लडाकु
विल्किस बताउँछिन्, ‘यदि इमान्दारीका साथ जाँच गर्ने हो भने सायद धेरै मानिस मुक्त हुनेछन्। र, यसमा समय धेरै लाग्ने छ। तर इस्लामिक स्टेटबाट पीडा भोगेका मानिसलाई भने यो मान्य हुने छैन। मुद्दा इराकका नागरिकलाई मात्र लागेको छैन, बगदादीका बिदेशी लडाकुमाथि पनि लागेको छ र कतिपयलाइ मृत्यु दण्डको सजाय सुनाइएको छ।

धेरै विदेशी लडाकु बाचेर आफ्नो देश फर्किएका छन्।

जिन्दगी बर्बाद भयो
केहीअघि रुसको एक टिभी च्यानलमा इस्लामिक स्टेटका पूर्व लडाकुको अन्तर्वाता देखाइयो जसमा उनले बताएका थिए, उनी कसरी ललाइफकाइमा परे। र, यो कारणले उनको जिन्दगी बर्बाद भयो।

इराकमा लडाइ रोकिएपछि बगदादी ब्रिगेडका धेरै लडाकु अफगानिस्तान वा युक्रेनमा गएर लडिरहेका छन्।

तर धेरै लडाकु जेल गएका कारण नयाँ जिन्दगी पनि पाएका छन्। साउदी अरबबाट पनि हजारौँ मानिस इस्लामिक स्टेटका लागि लड्न इराक गएका थिए। यिनीमध्ये करिब एक हजार जनालाई पक्राउ गरेर साउदी अरब लगिएको छ, जसको विरुद्ध हिंसाको प्रमाण छ। उनीहरुमाथि मुद्दा चलाइने बताइएको छ।

दोषी प्रमाणित भएमा उनीहरुलाई मूत्युको सजाय दिइनेछ। आजसम्म करिव ७ सय ५२ इस्लामिक स्टेटका लडाकु साउदी अरबका जेलमा कैद छन्।

गेट्टी इमेज

कानुन यस्तो थियो
युरोपेली देशहरुले अझै फैसला लिन सकेका छैनन्, यी लडाकुहरुलाई के गर्ने भनेर। पहिला त कानुन यस्तो थियो कि यिनीहरुमाथि मुद्दा सकिने थिएन। बढिरहेको खतरा देखेर युरोपेली देशले कानुन त बदले, त्यतिबेलासम्म सयौँ इस्लामिक स्टेटका लडाकु स्वदेश फर्किएर समाजको हिस्सा बनिसकेका थिए।

पछि गएर यी लडाकु समस्या नबनुन्, अधिकारीहरु चिन्तित छन्। इस्लामिक स्टेटको तर्फबाट लड्न सबैभन्दा धेरै फ्रान्सका नागरिक इराक गएका थिए। फ्रान्सले यस्ता संदिग्धमाथि मुद्दा नचलाईकनै धेरै समयसम्म कैद गरेर राखिरहेको छ।

के हुन्छ बालबालिकाको
युरोपबाट बगदादीका लागि लड्न गएकामध्ये एक चौथाइ महिला थिए। यी महिला फर्किँदा बच्चा लिएर फर्किएका छन्। ती महिला आतंकवादी आफ्नो साथमा बच्चा लिएर गएका थिए या उनीहरुको बच्चा इराकमा भएको बेला जन्मिए? बच्चाको संख्या सयौँमा छ।

यिनीहरुको साथमा इस्लामिक स्टेटको नाम जोडिएको छ। यी बच्चाहरुलाई यो पनि थाहा छैन, इराकमा जन्मिए कि सिरियामा? तर, उनीहरुलाई समाजले राम्रो नजरले हेरेको छैन ।

मेग्रस रेन्डस्टोब स्विडिस डिफेन्स युनिभर्सिटीसँग जोडिएका छन् र उनी स्विडिस सरकारलाई आतंकवादसँग लड्न सल्लाह दिन्छन्। उनले भनेका छन्- यदि यी बच्चालाई मुख्य धारामा समाबेश गरिएन भने पछि गएर कट्टरपंथीतिर फर्कन सक्छन्।

आतंकवाद र अत्यन्तै हिंसाको माहोलमा जन्मिएका नयाँ पिढीँ नै सायद आज सबैभन्दा बढी चुनौतीको विषय हो।

(बिबिसी इन्क्वायरीका लागी हेलेना मेरिमनले लेखेको यो रिपोर्ट बिबिसी हिन्दीबाट साभार गरिएको सम्पादित अंश हो।)

प्रतिक्रिया दिनुहोस्