संकटकाल सकियो



माले, (एजेन्सी)
माल्दिभ्समा ४५ दिनदेखि लगाइँदै आएको संकटकाल अन्त्य गरिएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले एक विज्ञप्ति जरी गर्दै बिहीबार संकटकाल हटाएका हुन्। संकटकाल हटाउने माल्दिभ्स सरकारको यस निर्णयको चीनले स्वागत गरेको छ। चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार शुक्रबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनिङले माल्दिभ्सको निर्णयको स्वागत गर्दै अब सामान्य र स्थिर सामाजिक अवस्था कायम हुने विश्वास व्यक्त गरेकी थिइन्। सर्वाेच्च अदालतको विपक्षी नेता एवम् पूर्वराष्ट्रपति मोहम्द नसिदलाई रिहा गर्ने आदेश सरकारले अस्वीकार गर्दा प्रदर्शन चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्